कुमारी बैंकले ५० वटा शाखा कार्यालय मर्ज गर्दै



काठमाडौं । कुमारी बैंकले ५० वटा शाखा कार्यालय मर्ज गरी २५ बनाउने भएको छ । बैंकले तत्कालिन देवः विकास बैंकलाई प्राप्ति गरेपछि नजिक रहेका शाखा मर्ज गराउने भएको हो ।

कुमारी बैंकले र देवः विकास बैंकलाई प्राप्ति गरी गत असार २८ गतेबाट एकीकृत कारोबार शुरु गरिसकेको छ । जसअनुसार बैंकले भदौ १ गतेबाट शाखा मर्ज गराउने सूचना जारी गरेको हो ।

मुलुकभर रहेका तत्कालिन देवः विकास र कुमारी बैंकका ५० मिटरदेखि २ किलोमिटरभित्रको दुरीमा रहेका दुबै बैंकका शाखा मर्ज गराउन लागेको हो ।

बैंकले ग्राहकलाई पायक पर्ने र व्यवसायीक कारोबारको आधारमा शाखा मर्ज गराउन लागेको जनाएको छ ।

मर्ज हुने शाखामा उपत्यकाका नक्साल, कोटेश्वर, कालीमाटी, बानेश्वर र बौद्धमा रहेका तत्कालिन देवः विकास र कुमारी बैंकका शाखा मर्ज हुनेछन् । साथै उपत्यका विभिन्न जिल्लाका दुबै बैंकका २० वटा शाखा भदौ १ गते मर्ज हुँदैछन् ।


क्लिकमान्डु