लकडाउनमा पनि नबिल बैंकका कर्मचारी मालामाल, ७ महिनाको तलब बराबरको बोनस खातामा



काठमाडौं । नबिल बैंकले कर्मचारीलाई बोनस वितरण गरेको छ । बैंकले आर्थिक वर्षको अनुमानित नाफाबाट ७ महिनाको तलब बराबरको बोनस कर्मचारीको खातामा पठाएको हो । बैंकका उच्च कर्मचारीले भने ५ महिनाको बोनस पाएका छन् ।

बुधबार बैंकको एचआर विभागले बोनस पठाएको इमेल कर्मचारीलाई पठाएको थियो भने खातामा  पैसासमेत गइसकेको छ ।

बैंकले गतवर्ष कमाएको नाफाबाट २ अर्ब १८ करोड रुपैयाँ आयकर वापत बुझाएको छ । आयकरमा सबैभन्दा बढी कर बुझाउने १० वटा कम्पनीमा नबिल बैंक छैटौ स्थानमा पर्छ । वाणिज्य बैंकहरुमा सबैभन्दा बढी कर बुझाउनेमा नबिल बैंक पहिलो स्थानमा छ ।सो आधारमा बैंकको नाफा ४ अर्ब रुपैयाँभन्दा बढी हुने देखिन्छ ।

बैंकले सोहि नाफालाई आधारमा बोनस हालेको हो । बोनस ऐनअनुसार कुनैपनि रोजगारदाता प्रतिष्ठानले नाफाको १० प्रतिशत बोनस कर्मचारीलाई वितरण गर्नुपर्न प्रावधान छ ।

नविल बैंकका जागिरेलाई मालामाल, ड्राइभर, गार्ड र कार्यालय सहयोगीकै मासिक ५० हजार तलब !

बैंकमा स्थायी कार्यरत सहायक कर्मचारीको नै मासिक परिश्रमिक नै ५२ हजार ३५२ रुपैयाँ छ ।

बैंकले गत चैतदेखि कर्मचारीको तलब बढाएको थियो । जसमा तल्लो तहका कर्मचारीको तलब ८ हजार २ सय रुपैयाँले बढेको थियो । त्योभन्दा माथिल्लो तहका कर्मचारीको तलब १० हजार २ सय र अफिसर तहका कर्मचारीको तलब १२ हजारको दरले बढेको थियो । बैंकमा हाल करिब १२ सय  जना कर्मचारी कार्यरत छन् ।

तर बैंकले सेक्युरिटी गार्ड तथा अन्य कार्यलय सहयोगी कर्मचारी भने आउटसोर्सिङ गरेको छ ।


क्लिकमान्डु