ऊर्जा क्षेत्रमा कोरोनाको असर उच्च, ६७७ मेगावाटका ३२ आयोजनालाई विद्युत् उत्पादन अनुमति



काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६÷७७ मा कूल ३२ जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले ६७७ मेगावाट क्षमताका आयोजनालाई उतपादन अनमुतिपत्र दिएको हो ।

उक्त अनुमतिपत्र पाएका आयोजना मध्ये केही आयोजनाले निर्माणको काम शु? गरिसकेका छन् भने केही निर्माणमा जाने तयारीमा छन् ।

कोरोनाका कारण निर्माणमा जाने तयारीमा रहेका केही आयोजना भने अलपत्र अवस्थामा छन्् । केहीको भने वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौता समेत हुन सकेको छैन ।

विभागका अनुसार गत असार १५ गते २ जलविद्युत् आयोजनाले विद्युत् उत्पादन अनुमतिपत्र लिएका थिए । त्यसमा के?वा सेती ३२ मेगावाट क्षमताको हो । सो आयोजना कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माण हुनेछ ।

यस्तै २५ मेगावाट क्षमताको सेतीखोलाले समेत विद्युत् उत्पादन अनमुतिपत्र पाएको छ । उक्त आयोजना भिजन लुम्बिनीले निर्माण गर्न लागेको हो ।

यस्तै असार १४ गते कालिका इनर्जीले ६२ मेगावाट क्षमताको भोटेकोशी पाँचौं आयोजनाको विद्युत् उत्पादन अनुमति पाएको छ ।

माथिल्लो मिदिम ७.५, माथिल्लो चमेलिया ४०, तल्लो हेवा खोला ७, काबेली बी एक ९.९४, साँगु खोला २०, चेपे खोला ८.६, दुधकुण्ड खोला १२, माथिल्लो आँखु खोला ३८ मेगावाट क्षमताको आयोजनाले पनि गत आवमा नै विद्युत् उत्पादन अनुमतिपत्र लिएका थिए ।

त्यस्तै मिडिल हेवा ४९, माथिल्लो म्याग्दी ५३, नुप्चे लिखु ५७ मेगावाट क्षमताको आयोजनाले पनि विद्युत् उत्पादन अनुमतिपत्र लिएका छन् । विभागले हालसम्म कूल २२२ जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र दिएको छ । हालसम्म ७ हजार ८८६ मेगावाट क्षमताका आयोजनाले सो अनुमतिपत्र लिएका छन् ।


क्लिकमान्डु