नेपाल लाइफको कार्यवाहक सीइओमा सन्तोष प्रसाई



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा साउन १ गतेबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईलाई दिइएको छ ।

प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्ती भएसँगै उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्यवाहक सिइओको जिम्मेवारी पाएका हुन् ।

असार ३१ गते बसेको संचालक समितिको बैठकले उहाँलाई कार्यवाहक सीइओको जिम्मेवारी दिएको हो ।

प्रसाई विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध रहेका छन् ।

यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्षको लामो अनुभव सम्हालेका छन् ।


पुष्प दुलाल