८६ अर्ब ४४ करोड बराबरका आयोजना अधुरा, ठेकेदारलाई कारवाही गर्न सरकारलाई महालेखाको सुझाव



काठमाडौं । गत आर्थिकमा ८६ अर्ब ४४ करोड रुपैयाँ बराबरका वर्षमा १ हजार २ सय २ वटा आयोजना अधुरो रहेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको एक अध्ययन अनुसार विभिन्न ८ विभाग तथा निकाय अन्र्तगतका विभिन्न आयोजनाहरु अधुरो रहेका हुन् ।

महालेखा परीक्षकले सन्ताउन्नौँ वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै निर्माण कार्य सम्पन्न नगर्ने निमार्ण व्यवसायीहरुलाई जिम्मेवार बनाई अधुरा निर्माण कार्य पुरा गर्न सरकारलाई सुझाव दिएको छ ।

निर्माण व्यवसायीले तोकिएको म्यादभित्र कार्यतालिका बमोजिम कार्य सम्पन्न गर्नुपर्दछ । तर तोकिएको समयावधि भित्र कार्यसम्पन्न नभई आयोजनाहरू रुग्ण तथा अधुरो रहेको देखिन्छ । २०७६ पौषसम्म ८६ अर्ब ४४ करोड रुपैयाँ बराबरका सम्झौताका १ हजार २०२ आयोजना अधुरो रहेको उल्लेख छ ।

जसमा सबैभन्दा धेरै सडक विभाग अन्तर्गत ७०१ ठेक्का अधुरो रहेको देखिन्छ । सबै संघीय मन्त्रालय तथा प्रदेश र स्थानीय तहको समग्र विवरण तयार गर्दा यस्तो संख्या अझ बढ्ने निश्चित हुने महालेखा कार्यालयले जनाएको छ ।


क्लिकमान्डु