शेखर गोल्छा र किशोर प्रधानको टिमलेमात्रै निजी क्षेत्रको समस्या समाधान गर्नसक्छः कुशकुमार जोशी



आज हामीलाई समस्याको समाधान चाहिएको छ । कोभिडको कारणले गर्दा सम्पूर्ण उद्योगी व्यवसायी थला परेर बसेका छन् । सरकारले सुनेको छैन । ४ महिनादेखि उद्योग वाणिज्य क्षेत्रका सम्पूर्ण साथीहरु आफ्नो पसल, व्यवसाय केही पनि खोल्न सकेका छन् । न त व्यवसाय सञ्चालन हुन सकेको छ भने कर्मचारीहरुलाई तलब दिन पनि सकेका छैनन् ।

तर सरकारले आफ्नो कर्मचारीलाई तलब दिइरहेको छ । हामीले तिरेको करबाट सरकारले आफ्नो कर्मचारीलाई तलब दिइरहेको छ । सरकारले राजनीतिक दल, कर्मचारी सबैलाई तलब खुवाइ रहेको छ ।

तर हामी श्रमजीवी वर्गहरुले काम गरेर आफ्नो कर्मचारीलाई तलब दिन सकिरहेका छैन । यस्तो मार्मिक अवस्थामा हामी छौँ ।

यो मुद्दालाई उद्योग वाणिज्य महासंघले उठाएको छ । यसलाई अझ सशक्त रुपमा अगाडि लैजानु पर्छ भन्ने हो । मौद्रिक नीति ल्याउनुपर्ने कारणमा सरकारले हामीलाई असार मसान्तभन्दा अगाडि पुनरकर्जा, पुनरसंरचनाको प्रक्रिया मौद्रिक नीतिमार्फत् सम्बोधन हुन्छ भनेको थियो ।

तर बैंकहरुले असार मसान्तभन्दा अगाडि नै जसरी भएपनि तिर्नुपर्छ भनेर कराइ रहेका छन् । हामीले तिर्न सकिरहेका छैनौँ । उताबाट नतिरे पनि हुन्छ फरक पर्दैन भनेर आश्वसन आउँछ । तर बैंकले भने तिर्न दबाब दिइरहेका छन् ।

मौद्रिक नीतिले पछि हामीलाई केही राहत देला त्यो आफ्नो ठाँउमा छ । उहाँहरुले आफ्नो खुसीले दिनु हुन्छ । तर यो अवस्थाको कारक तत्व भनेको उद्योग वाणिज्य क्षेत्र संगठित नहुनु, बल नपुग्नु, कमजोर हुनु हो । यसको अग्रामी भुमिका उद्योग वाणिज्य महासंघले गर्नुपर्छ । गरिपनि रहेको छ । अझ शसक्त हुनुपर्छ ।

यो जुन टिम आउँदैछ । शेखर गोल्छाजी अध्यक्ष भइसक्नु भएको हो । चैत २८ गते नै अध्यक्ष हुनुपर्ने । तर विभिन्न कारणले गर्दामात्र उहाँ वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ अब अध्यक्ष हुनुहुन्छ पनि । उहाँले चाहेको टिम तपइहरुको अगाडि छ । हामी सम्पुर्ण पुर्वअध्यक्ष पनि यो टिम अझ शसक्त भएर आउनुपर्छ भन्ने पक्षमा छौँ । यताउता सपोर्ट गरेर भन्दा पनि शसक्त हुनुपर्यो, बलियो हुनुपर्यो ।

निजी क्षेत्र बलियो भयो भने मात्र हामीले काम गर्न पाउछौँ । निजी क्षेत्र बलियो भयो भनेमात्र आर्थिक उन्नति हुन्छ । निजी क्षेत्र बलियो भयो भनेमात्र हामी उद्योगी व्यवसायीले नेपालमा काम गर्न सक्छौँ ।

यदि निजी क्षेत्र बलियो हुँदैन भने हामी नेपालमा काम गर्न सक्दैनौँ । त्यसैले आउँदै गरेकोे यो शसक्त टिमलाई सबैले मिलाउँछ । यसले महासंघको गर्व, मर्म, आफ्नो अस्तित्व सरकारसँग छलफल गरेर आफ्नो अस्तित्व देखाएर व्यवसाय गर्ने वातावरण बनाउन सक्नुपर्छ । सबैलाई यही नै हाम्रो शुभकामना छ ।


पुष्प दुलाल