एनआइसी एसिया लघुवित्तको आईपीओ नेप्सेमा सूचिकृत, ओपन रेन्ज कति ?



काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार सुचिकृत भएको छ ।

१ करोड ४८ लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । सुचिकृत भएसँगै बिहीबारबाट यसको कारोबार समेत सुरु हुने छ ।

नेप्सेमा सूचिकृत भएसँगै लघुवित्तको ओपन रेन्ज ११० रुपैयाँ ४३ पैसादेखि ३३१ रुपैयाँ २९ पैसासम्म रहेको छ । उक्त आईपीओ गत शनिबार बिहान बाँडफाँट भएको थियो ।


क्लिकमान्डु