सेयर बजारमा उछाल, ५ वटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट



काठमाडौं । सेयर बजारमा बजार मापन गर्ने सूचक सँगै कारोबार रकममा पनि उछाल आएको छ । कारोबारमा नेप्से मापन गर्ने सूचक ३७.९३ अंकले बढेर १३३६.६६ बिन्दुमा रोकिएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.७१ अंकले बढेर २८२.५९ बिन्दुमा रोकिएको छ । १७८ कम्पनीको २८ लाख ८३ हजार ९४८ कित्ता सेयर १ अर्ब २१ करोड २४ लाख २६ हजार २६७ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा सुधार आएको छ । कारोबारमा ५ वटा कम्पनीको कारोबार १० प्रतिशतले बढेर सर्किट लागेको छ । मञ्जु श्री फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, ओरियन्टल होटल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा सकारात्मक सर्किट लागेको हो ।

यस्तै हिमालयन जनरल इन्स्योरेन्स, सुर्योदय लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन भने खानिखोला हाईड्रोपावर, ग्लोबल आईएमइ लघुवित्त, घलेम्दी आईड्रो,रिलायन्स फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु