साधना लघुवित्तको आईपीओमा ९ गुणा बढी आवेदन



काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको आइपीओमा २ लाख ५९ हजार १०५ जनाले आवेदन दिएका छन् ।

उनीहरुबाट ६४ लाख ३२ हजार ४ सय कित्ताका लागि ६४ करोड ३२ लाख ४० हजार रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी गराएको छ ।

क्यापिटलका अनुसार सोमबार मात्रै १ लाख ३ हजार ५०० जनाले २५ लाख ३२ हजार १८० कित्तामा आवेदन दिएका छन् । सोमबारसम्म माग भन्दा झण्डै ९.७२ गुणा बढी आवेदन परिसकेको छ । लगानीकर्ताले आवेदन दिने अवधि असार २४ गतेसम्म रहेको छ ।

वित्तीय संस्थाले सर्वसाधारको लागि ६ लाख ६१ हजार ५२० कित्ता आईपीओ निष्काशन गरेको हो । जसमा लगानीकर्ताले न्यूतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन सी-आस्वा सदस्य रहेको बैंक तथा वित्तीय संस्था, मेरो सेयरबाट सकिने छ । संस्थाको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ ।


क्लिकमान्डु