पहिलाे दिन साधना लघुवित्तको आईपीओमा माग भन्दा ४ गुणा बढी आवेदन



काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) पहिलो दिन नै १ लाख ७ हजार ८१४ जनाले आवेदकले दिएका छन् ।

बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार पहिलो दिन नै माग भन्दा ४ गुढा बढी आवेदन परेको छ ।

प्रति कित्ता एक सय रुपैयाँका दरले ७ करोड ७ लाख ८० हजार रुपैयाँको ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ खोलेको थियो । जसमा १० हजार ८ सय ९० कित्ता कर्मचारी, ३५ हजार ३ सय ९० कित्ता सामुहिक लगानी कोषलाई र बाँकी रहेको ६ लाख ६१ हजार ५ सय २० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् । आवेदन दिने अवधि २४ गतेसम्म रहेको छ ।

न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिने पाइने बिक्री प्रबन्धकले जनाएको छ । इक्रा नेपालले साधनाको आईपिओलाई ग्रेड ४ रेटिङ दिएको छ ।


क्लिकमान्डु