नेप्सेसँगै बढ्यो कारोबार रकम, साल्ट ट्रेडिङ र सेन्ट्रल फाइनान्समा नकारात्मक सर्किट



काठमाडौं । सेयर बजारमा सामान्य सुधार आउँदा कारोबार रकममा भने धेरै नै सुधार देखिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मापन गर्ने सूचक नेप्से मापन गर्ने इन्डेक्स ९.३५ अंकले बढेर १२६५.४५ बिन्दुमा रोकिएको छ।

१७२ कम्पनीको २८ लाख कित्ता ६ हजार ८९८ कित्ता सेयर १ अर्ब ३ करोड ३३ लाख ९० हजार २३१ रुपैयाँको सेयर किनबेच भएको छ ।

बजारमा बैंकिङ समूह ३.३५, निर्जीबन बीमा २७.३,  उत्पादन तथा प्रशोधन २०.९८, माइक्रोफाइनान्स ९.८३, जीवन बीमा समूहको उपसूचक २१२.५६ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा सूर्योदय लघुवित्त वित्तीय संस्था, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, सिनर्जी पावर डेभलपमेन्ट, स्पर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन भने साल्ट ट्रेडिङ कर्पोरेशन र सेन्ट्रल फाइनान्सको कारोबारमा नकारात्मक सर्किट नै लागेको छ ।

यस्तै अपि पावर कम्पनी, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, जोशी हाईड्रोपावरका लगगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु