प्रभु बैंकको २८ लाख १० हजार कित्ता संस्थापक सेयर लिलामीमा, कसले बेच्न लाग्यो ?



काठमाडौं । प्रभु बैंकको २८ लाख १० हजार कित्ता संस्थापक सेयर लिलामीमा बिक्री हुने भएको छ ।

मुक्तिनाथ क्यापिटलले प्रभु बैंकको २८ लाख १० हजार कित्ता संस्थापक सेयर लिलामी बढाबढबाट बिक्री गर्न लागेको सार्वजनिक सूचना जारी गरेको छ ।

यसको लागि आवेदन फारम मुक्तिनाथ क्यापिटलबाट पाइने छ । आवेदनको न्यूनतम मूल्य १२२ रुपैयाँ छ । लिलाम बढाबढमा जसले बढी रुपैयाँको बोली लगाएर आवेदन गर्छ उसैले सेयर पाउने छ ।

प्रभु बैंकमा मर्जर भएर आएका पुराना केही सेयरधनीले संस्थापक सेयर बिक्री गर्न लागेका हुन् ।


क्लिकमान्डु