एनआईसी एशिया लघुवित्तको आइपीओ बाँडफाँड, ४६ हजार ५७९ जना आवेदकले पाए २० कित्ता



काठमाडौं । एनआईसी एशिया लघुवित्तले जारी गरेको आइपीओमा ४६ हजार ५७९ जनाले थप १० कित्ता गरेर २० कित्ता सेयर पाएका छन् ।

एनआईसी एशिया लघुवित्तले असार १० गतेदेखि १४ गतेसम्म ४४ लाख ४३ हजार २०० कित्ता शेयर बिक्री गरेको थियो।

जसमा ४ लाख १४ हजार १८० लगानीकर्ताबाट २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । त्यसमा ३ लाख ९७ हजार ७४१ वटा आवेदकले मात्र सेयर पाएका छन् ।

आवेदन दिएका ३ लाख ५१ हजार १६२ जनाले १० कित्ता सेयर पाएका छन् । सेयर परेको जानकारी सानिमा क्यापिटल वा मेरोसेयर मार्फत हेर्न सकिने सानिमा क्यापिटलले जनाएको छ ।


क्लिकमान्डु