कोरोनाको कारण इपानको चुनाव स्थगित



काठमाडौं । विवादको कारण स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था(इपान)को निर्वाचन कार्यक्रम स्थगित भएको छ । इपानको निर्वाचन असार १५ गते सोमबार हुने पूर्व निर्धारित कार्यक्रम रहेको थियो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले इपानको निर्वाचन रोक्न निर्देशन दिएसँगै निर्वाचनको कार्यतालिका रोकिएको हो ।

इपानमा १७४ जना सदस्य रहेका छन् । इपानमा मतदाताले प्रोक्सी दिने प्रचलन थियो । जुन विषय यो पटक विवादमा परेको थियो ।

निर्वाचनमा कृष्ण आचार्य र सुर्यप्रसाद अधिकारीबीच प्रतिस्पर्धा हुने थियो ।


क्लिकमान्डु