इप्पानमा चुनाव लाग्यो, सुर्य प्रसाद अधिकारीको अध्यक्षमा प्यानलको घोषणा



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्थान(इप्पान)मा चुनाव लागेको छ । लकडाउन अगाडि नै साधारणसभा उद्घाटन भएपनि निर्वाचनको कार्यक्रम भने लकडाउनको कारण थाती रहेको थियो ।

इप्पानमा १५ गते शनिबार हुने निर्वाचनको लागि सुर्यप्रसाद अधिकारीले आफ्नो प्यानल घोषणा गरेका छन् ।

अधिकारीको प्यानलमा उपाध्यक्षमा उत्तम बोलोन,भरत खत्री,अर्जुन गौतम रहेका छन् । यस्तै महासचिवमा गोरे शेर्पा सचिवमा भरत लामिछाने थापा,मोहन बिक्रम कार्की,प्रकाश दुलाल रहेका छन् । यस्तै कोषाध्यक्षमा बलराम खतिवडा सस्यहरुमा मिथुन सिपी पौडेल,सुमन कुमारी जोशी,बिक्रम बिष्ट जितमान शेर्पा र महिला सदस्यमा अभिक्षा मल्ल र केसाङ डिकी लामा रहेकी छन् ।

अर्को तर्फबाट भने कृष्ण आचार्यले अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् ।

इप्पानको अहिलेको संस्थापन पक्षले नयाँ सदस्यलाई बाइबास गर्ने र सबै सदस्यको हित गर्न नसकेको कारण आफुहरुले उम्मेद्वारी दिनु परेको अध्यक्षका उम्मेद्वार अधिकारीले बताए ।


क्लिकमान्डु