उर्जा विकासका लागि १२ अर्ब सहयोग लिने मन्त्रिपरिषदको निर्णय

203
Shares

काठमाडौं । सरकारले उर्जा क्षेत्रमा लगानी बढाउनका लागि विश्व बैंक समूहको अन्तराष्ट्रिय विकास संस्था (आईडीए)सँग बजेटरी सहयोगका रुपमा १० करोड अमेरिकी डलर अर्थात् १२ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

गत असार २ गते बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बजेटरी सहयोगका रुपमा उक्त ऋण लिने निर्णय भएको जानकारी दिए ।

बैठकले साना सिँचाइ आयोजना दोस्रो नीति तथा कार्यक्रम कार्यान्वयनका लागि स्वीजरल्याण्ड सरकारबाट प्राप्त हुने करिब २ अर्ब २ करोड ४० लाख रुपैयाँ बराबरको अनुदान स्वीकार गर्ने निर्णय भएको छ ।

Skip This