सरकारले खर्च धान्न नसक्ने अवस्था आएपछि विद्युतीय गाडीमा भन्सार बढाएको होः उर्जामन्त्री



काठमाडौं । उर्जामन्त्री वर्षमान पुनले चालू आर्थिक वर्षसम्म सबै गाडीको करको स्ल्याब एउटै रहेको र यो वर्षबाट ५ स्ल्याब बनाएको बताए ।

त्यसमा सार्वजनिक बसलाई पुरानै व्यवस्था, कम क्षमताको मध्यम वर्गलाई हुने आलको लागि कम भन्सार दर रहेको र क्षमता अनुसार स्ल्याब महंगो भएको बताए ।

राष्ट्रिय सभाको बैठकमा विनियोजन विद्येयकमा उठेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री पुनले यस्तो बताएका हुन् । गाडीको क्षमता बढेअनुसार स्ल्याब बढेको उनको तर्क छ ।

मन्त्री पुनले अहिले कोरोना तथा अन्य संक्रमण, राजस्व कम उठ्ने र त्यो राजस्वले साधारण खर्च, प्रशासनिक खर्च धान्न गाह्रो भएको समयमा अर्थ मन्त्रालयले विभिन्न क्षेत्रमा राजस्वको स्रोत खोजेर बढाएको बताए ।

अर्थले राजस्वको स्रोत खोज्ने क्रममा यो पनि विस्तारमा परेको भन्दै यसको विषयमा धेरै आवाज उठेकोले सरकारले उपयुक्त समयमा उपयुक्त निर्णय गर्ने बताए ।

‘यो नियतभन्दा पनि अहिले अप्ठयारो अवस्था छ । चालु आर्थिक वर्षभन्दा बजेटको अंक पनि घटेको छ । आर्थिक क्रियाकलापमा संकुचन आएको छ, यो बेलामा राजस्व परिचालनमा पनि संकुचन छ’ उनले भने ‘अर्थमन्त्रीले हाउसमा नै महिनामा प्रशासनिक खर्चको दायित्व ४० अर्बको छ । तर जेठ महिनामा १५ अब उठेको छ ।साधारण खर्च उठाउन नसक्ने भयो भने त्यसको जिम्मा हामी सबैको हो ।’

यो समस्या कुनै मन्त्री वा प्रधानमन्त्रीले नलाएको भन्दै यसको समाना गर्न सबै लाग्नु पर्ने बताए । राजस्वको दायरा फराकिलो बनाउँदै जाँदा यो परेको भन्दै उपयुक्त समयमा उपयुक्त ढंगले यो आवाज सम्बोधन हुने दाबी गरे ।


पुष्प दुलाल