चार्जिङ स्टेसनको मूल्य निर्धारण, रातको समयमा सस्तो



काठमाडौं । विद्युत् नियमन आयोगले चार्जिङ स्टेसनको विद्युत् महसुल निर्धारण गरेको छ । जसमा रातिको समयमा सबैभन्दा कम शुल्क र साँझको समयमा सबैभन्दा बढी विद्युत् महसुल निर्धारण गरेको छ ।

आयोगले सार्वजनिक यातायात र अन्य यातायातका लागि फरक फरक विद्युत महसुल निर्धारण गरेको हो । जसमा सार्वजनिक यातायातले चार्जिङ स्टेसनमार्फत् सवारी चार्ज गर्दा बैशाखदेखि मंसिर महिनासम्म र पुसदेखि चैत महिनासम्म लाग्ने फरक फरक महसुल निर्धारण गरेको हो ।

जस अनुसार बैशाखदेखि मंसिर महिनासम्म पिक समयमा साँझ ५ बजेदेखि राति ११ बजेसम्म ३३ केभी लाइनमा चार्ज गर्दा ८.४०, अफ पिक समय राति ११ बजेदेखि बिहान ५ बजेसम्म चार्ज गर्दा प्रतियुनिट ४.४५ रुपैयाँ र बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म ६.६० रुपैयाँ कायम गरेको छ ।

त्यसैगरी ११ केभीमा चार्ज गर्दा साँझ ५ बजेदेखि राति ११ बजेसम्म चार्ज गर्दा ८.६०, अफ पिक समय राति ११ बजेदेखि बिहान ५ बजेसम्म चार्ज गर्दा प्रतियुनिट ५.०५ रुपैयाँ र बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म ६.७० रुपैयाँ कायम गरेको छ ।

साथै तल्लो भोल्टेज (२३०/४०० भोल्ट)मा चार्ज गर्दा साँझ ५ बजेदेखि राति ११ बजेसम्म चार्ज गर्दा ८.७०, अफ पिक समय राति ११ बजेदेखि बिहान ५ बजेसम्म चार्ज गर्दा प्रतियुनिट ५.०५ रुपैयाँ र बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म ६.९० रुपैयाँ कायम गरेको छ ।

सार्वजनिक यातायातका लागि पुस महिनादेखि चैत महिनासम्मका लागि पिक समयमा साँझ ५ बजेदेखि राति ११ बजेसम्म ३३ केभी लाइनमा चार्ज गर्दा ८.४०, अन्य समयमा राति ११ बजेदेखि भोेलिपल्ट ५ बजेसम्म चार्ज गर्दा प्रतियुनिट ६.६० रुपैयाँ कायम गरेको छ ।

त्यसैगरी ११ केभीमा चार्ज गर्दा साँझ ५ बजेदेखि राति ११ बजेसम्म चार्ज गर्दा प्रतियुनिट ८.६०, अफ पिक समय राति ११ बजेदेखि भोलिपल्ट साँझ ५ बजेसम्म चार्ज गर्दा प्रतियुनिट ६.७० रुपैयाँ कायम गरेको छ ।

भने तल्लो भोल्टेज (२३०/४०० भोल्ट)मा जार्च गर्दा साँझ ५ बजेदेखि राति ११ बजेसम्मका लागि प्रतियुनिट ८.७० रुपैयाँ र राति ११ बजेदेखि भोलिपल्ट साँझ ५ बजेसम्मका लागि ६.९० रुपैयाँ कायम गरेको छ ।

अन्य यातायातको हकमा बैशाखदेखि मंसिर महिनासम्म पिक समयमा साँझ ५ बजेदेखि राति ११ बजेसम्म ३३ केभी लाइनमा चार्ज गर्दा ११.२०, अफ पिक समय राति ११ बजेदेखि बिहान ५ बजेसम्म चार्ज गर्दा प्रतियुनिट ४.४५ रुपैयाँ र बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १०.१० रुपैयाँ कायम गरेको छ ।

त्यसैगरी ११ केभीमा चार्ज गर्दा साँझ ५ बजेदेखि राति ११ बजेसम्म चार्ज गर्दा ११.६०, अफ पिक समय राति ११ बजेदेखि बिहान ५ बजेसम्म चार्ज गर्दा प्रतियुनिट ५.०५ रुपैयाँ र बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १०.२० रुपैयाँ कायम गरेको छ ।

साथै तल्लो भोल्टेज (२३०/४०० भोल्ट)मा चार्ज गर्दा साँझ ५ बजेदेखि राति ११ बजेसम्म ११.७०, अफ पिक समय राति ११ बजेदेखि बिहान ५ बजेसम्म चार्ज गर्दा प्रतियुनिट ५.१५ रुपैयाँ र बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १०.३० रुपैयाँ कायम गरेको छ ।

त्यसैगरी पुस महिनादेखि चैत महिनासम्मका लागि पिक समयमा ३३ केभीमा चार्ज गर्दा साँझ ५ बजेदेखि राति ११ बजेसम्म ११.२०, अन्य समयमा राति ११ बजेदेखि भोेलिपल्ट ५ बजेसम्म चार्ज गर्दा प्रतियुनिट १०.१० रुपैयाँ कायम गरेको छ ।

त्यसैगरी ११ केभीमा चार्ज गर्दा साँझ ५ बजेदेखि राति ११ बजेसम्म चार्ज गर्दा प्रतियुनिट ११.६०, अफ पिक समय राति ११ बजेदेखि भोलिपल्ट साँझ ५ बजेसम्म चार्ज गर्दा प्रतियुनिट १०.२० रुपैयाँ कायम गरेको छ । भने तल्लो भोल्टेज (२३०/४०० भोल्ट)मा जार्च गर्दा साँझ ५ बजेदेखि राति ११ बजेसम्मका लागि प्रतियुनिट ११.७० रुपैयाँ र राति ११ बजेदेखि भोलिपल्ट साँझ ५ बजेसम्मका लागि १०.३० रुपैयाँ कायम गरेको छ ।


क्लिकमान्डु