घरायसी प्रयोजनमा खपत हुने विद्युत महशुल घट्यो, डिमान्ड शुल्क कति ?



काठमाडौं । सरकारले घरायसी प्रयोजनका लागि खपत हुने विद्युत महशुल घटाएको छ ।

यही असारदेखि खपत हुने विद्युतमा लागू हुने गरी नेपाल विद्युत् प्रधिकरणले महशुलदर घटाएको हो । प्रधिकरणले ग्राहस्थ वर्ग तथा अन्य केही उपभोक्ता वर्गको महशुलदर घटेको र लोडसेडिङ भएको अवस्थामा लागू हुने अतिरिक्त शुल्क हाल लोडसेडिङ नभएको अवस्थामा हटेको जनाएको छ ।

प्रधिकरणको अनुसार ५ एम्पियरको सिंगलफेज मिटर जोड्ने ग्राहकले १० युनिटसम्म न्यूनतम शुल्क ३० रुपैयाँ लाग्नेछ भने इनर्जी शुल्क लाग्दैन ।

यस्तै, ११ देखि २० युनिटसम्म खपतमा न्यूनतम शुल्क ३० रुपैयाँ र प्रतियुनिट ३ रुपैयाँ लाग्नेछ ।
२१ देखि ३० युनिटसम्म खपत गर्नेले न्यूनतम शुल्क ५० रुपैयाँ तिर्नुपर्नेछ । जसमा १ देखि २० युनिटसम्म ३ रुपैयाँ र २१ देखि २० युनिटसम्म ६.५ रुपैयाँका दरले तिर्नु पर्नेछ ।

३१ देखि ५० युनिट खपत गर्ने ग्राहकले न्यूनतम शुल्क ५० रुपैयाँ तिर्नुपर्नेछ । जसमा १ देखि २० युनिटसम्म ३ रुपैयाँ र २१ देखि २० युनिटसम्म ६.५ रुपैयाँ र ३१ देख ५० युनिटसम्म प्रतियुनिट ८ रुपैयाँका दरले तिर्नु पर्नेछ ।

५१ देखि १०० युनिटसम्म खपत गर्दा न्यूनतम शुल्क ७५ रुपैयाँ तिर्नुपर्नेछ । जसमा १ देखि २० युनिटसम्म ३ रुपैयाँ र २१ देखि २० युनिटसम्म ६.५ रुपैयाँ र ३१ देख ५० युनिटसम्म प्रतियुनिट ८ रुपैयाँ र ५१ देखि १०० सम्म प्रतियुनिट ९.५ रुपैयाँका दरले तिर्नुपर्ने भएको छ ।

त्यसैगरी १०१ देखि १५० युनिटसम्म खपत गरेमा घरेलु ग्राहकले न्यूनतम शुल्क १०० रुपैयाँ तिर्नुपर्नेछ । जसमा १ देखि २० युनिटसम्म ३ रुपैयाँ र २१ देखि २० युनिटसम्म ६.५ रुपैयाँ र ३१ देख ५० युनिटसम्म प्रतियुनिट ८ रुपैयाँ र ५१ देखि १०० सम्म प्रतियुनिट ९.५ रुपैयाँ र १०१ देखि १५० युनिटसम्म ९.५ रुपैयाँका दरले तिर्नुपर्ने भएको छ ।

१५१ देखि २५० युनिटसम्म खपत गर्ने ग्राहकले न्यूनतम शुल्क १२५ तिर्नुपर्ने छ । जसमा जसमा १ देखि २० युनिटसम्म ३ रुपैयाँ र २१ देखि २० युनिटसम्म ६.५ रुपैयाँ र ३१ देख ५० युनिटसम्म प्रतियुनिट ८ रुपैयाँ र ५१ देखि १०० सम्म प्रतियुनिट ९.५ रुपैयाँ र १०१ देखि १५० युनिटसम्म ९.५ रुपैयाँ र १५१ देखि २५० सम्म प्रतियुनिट १० रुपैयाँ बुझाउनु पर्नेछ ।

२५० देखि ४०० युनिटसम्म १५० रुपैयाँ न्यूनतम शुल्क तिर्नुपर्ने छ । जसमा १ देखि २० युनिटसम्म ३ रुपैयाँ र २१ देखि २० युनिटसम्म ६.५ रुपैयाँ र ३१ देख ५० युनिटसम्म प्रतियुनिट ८ रुपैयाँ र ५१ देखि १०० सम्म प्रतियुनिट ९.५ रुपैयाँ र १०१ देखि १५० युनिटसम्म ९.५ रुपैयाँ, १५१ देखि २५० को प्रतियुनिट १० रुपैयाँ र २५० देखि ४०० युनिटसम्म प्रतियुनिट ११ रुपैयाँका दरले महशुल तिनुपर्ने हुन्छ ।

त्यसैगरी ४०० युनिटभन्दा माथि विजुली खपत गर्ने घरासयी ग्राहकले १७५ रुपैयाँ डिमान्ड शुल्क र १२ रुपैयाँ प्रतियुनिट विद्युत महसुल तिर्नुपर्ने छ ।
यस्तै बन्दाबन्दीको कारण प्रधिकरणले मासिक १५० किलोवाट र १५१ देखि २५० किलोवाटसम्म विद्युत उपयोग गर्ने ग्राहकलाई विद्युत महशुलमा १५ प्रतिशत र २५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।

 


क्लिकमान्डु