अपि पावरको नाफा ६ करोड ६ लाख, असार मसान्तभित्रै हकप्रद सेयर ल्याउने



काठमाडौं । अपि पावर कम्पनीले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तिय प्रतिवेदन सार्वजनिक गरेको छ ।

कम्पनीको यस आ.व. को तेस्रो त्रैमाससम्म जगेडा कोषमा १३ कराेड ४८ लाख रुपैयाँ रहेको छ । कम्पनीको यस बर्षको खूद नाफा ६ कराेड ६ लाख देखिएको छ । कम्पनीको आ.व. २०७५/७६ मा ७ कराेड ३४ लाख रुपैयाँ  अवितरित लाभांश रहेको छ ।

कम्पनीको चालु आवको साधारणसभा कोरोना भाईरसका कारण हुन सकेको छैन । कम्पनी लगातार ४ बर्ष लाभांश बितरण गर्ने जलविद्युत कम्पनी रहने भएको छ । कम्पनीको १ बराबर ०.४७ को हकप्रद असार महिना भित्र जारी हुने कम्पनीले जनाएको छ ।

कम्पनीले ८.५ मेगावाट र ८ मेगावाटका दुई जलविद्युत आयोजनाहरु सफल रुपमा संचालन गरिरहेको छ । दुवै आयोजना संचालन पश्चात अघिल्लो बर्ष सोहि त्रैमाशको तुलनामा कम्पनीको यस बर्ष विद्युत बिक्रीबाट आम्दानीमा ६० प्रतिशतले बढि २४ कराेड २३ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य शुरु गरेको छ । कम्पनीको तेस्रो त्रैमाससम्म ई.पि.एस ६.७९ र नेटवर्थ प्रति सेयर १११ रुपैयाँ ३३ पैसा रहेको छ ।


क्लिकमान्डु