‘स्रोत पुगेन भनेका अर्थमन्त्रीले अर्थमन्त्रालयको चालु खर्च ८ अर्बबाट २५ अर्ब पुर्याए’



काठमाडौं ।नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नौ मन्त्रालयको बजेट बढाएर चालु खर्च २५ अर्ब १ करोड ३ लाख रुपैयाँ पुर्याएको भन्दै चर्को आलोचना गरेका छन् ।

राष्ट्रिय सभाको बैठकमा सांसद देवले प्रतिनिधि सभाको बैठकमा आइतबार देश आर्थिक संकट तर्फ जान लागेको संकेट गरेका मन्त्री खतिवडाले आफ्नै मन्त्रालयले चालु खर्च किन बढाएको भन्दै जवाफ माग गरेका छन् ।

‘गत आर्थिक वर्षमा ५ अर्ब ३८ करोड रुपैयाँ चालु खर्च अर्थमन्त्रालयको थियो,यो वर्षको लागि ८ अर्ब ८४ करोड रुपैयाँ थियो, एकैचोटी २५ अर्ब रुपैयाँ पुर्याउने ?’ देवले राष्ट्रियसभाको बैठकमा भने ।

८ अर्बबाट एकै पटक २५ अर्ब १ करोड रुपैयाँ पुर्याउनु कुनैपनि हालतमा मनासिब नभएको भन्दै यस्तो खर्च घटाउन माग गरेका हुन् ।

संकटको समयमा चालु खर्च घटाउनु पर्नेमा एकै पटक ८ अर्ब बाट २५ अर्ब पुर्याउनु कुनै हालतमा अनुचित भएको उनको दाबी छ ।

अहिले अर्थमन्त्री आर्थिक र राजनीतिक दबाबमा रहेको भन्दै यसरी बजेट केको आधारमा बढाएको भन्दै प्रश्न गरेका छन् ।

बैठकमा उनले डा. डिल्लीराज खनालको संयोजकत्वमा बजेको सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५ ले दिएको रिपोर्टमा २०६ वटा परिषद, विभिन्न आयोग, बोर्ड मध्ये ८३ वटा मात्रै राख्ने सिफारिस भएको छ । बाँकी १२३ लाई खारेरज गर्ने वा गाभ्ने सुझाव रहेको छ ।

खर्च घटाउन ६ वटा मन्त्रालय, ३५ वटा विभाग र करिब ४५ हजार कर्मचारी घटाउन सुझाव दिएको भन्दै त्यसो किन हुन नसकेको भन्दै प्रश्न गरेका छन् । सरकार आफैले समिति बनाउने र त्यो समितिले दिएको प्रतिवेदन कार्यान्वयन किन नगरेको भन्दै प्रश्न गरेका छन् ।

यसमा पुनरावलोकन गर्न आग्रह गरेका छन् ।

बैठकमा सांसद देवले सहकारी विकास मन्त्रालयले पदाधिकारी इन्धन भत्ता चालुृ आवमा २ लाख रहेकोमा आगामी आवमा ६ लाख रुपैयाँ गरेकोमा किन गरेको भन्दै कारण माग गरेका छन् ।

इन्धनको मूल्य घटेको समयमा यसरी बढाउनु नीतिगत समस्या भएको बताए ।


पुष्प दुलाल