बैंकलाई कर्मचारी व्यवस्थापनको सकस, दुई सिफ्टमा सेवा दिन राष्ट्र बैंकको निर्देशन



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले पूर्णकालिन समय नै सेवादिनु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई साविकको कार्यालय कै समय बमोजिम सञ्चालन गर्न निर्देशन दिएको हो ।

गत बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार बैंक तथा वित्तीय संस्थाहरुलाई कामको चापअनुसार कर्मचारी व्यवस्थापन गरी पूर्णकालिन समय कार्यालय सञ्चालन गर्न निर्देशन दिइएको राष्ट्र बैंकका नियमन विभागका कार्यकारी निर्देशक देवकुमार बढालले बताए ।

जारी परिपत्रअनुसार बैंकहरुले कामको चापलाई मध्यनजर गर्दै आवश्यकता अनुसार कर्मचारीलाई बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र १ बजेदेखि साँझ ६ बजेसम्म गरी २ सिफ्टमा काम लगाउनु पर्नेछ ।

बैंक सञ्चालन गर्दा व्यवस्थापनले कर्मचारी र ग्राहकको स्वास्थ्य सुरक्षा तथा संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न आवश्यक सावधानी अपनाउनु पर्नेछ । साथै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न समेत राष्ट्र बैंकको निर्देशन छ ।


पुष्प दुलाल