मौद्रिक नीतिमा उद्योगी व्यवसायीलाई ब्याजमा सम्बोधन गर्नुपर्छः सांसद भरत साह



काठमाडौं । सांसद भरत कुमार साहले सरकारले मौद्रिक नीतिमा उद्योगी व्यापारीको लागि ब्याजमा ध्यान दिन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा सांसद साहले बैंकको स्प्रेड दर ५ प्रतिशत रहेको र आगामी दिनमा यसलाई ३ प्रतिशतमा झार्न सुझाव दिएका छन् ।

उनले अहिले ३० प्रतिशत रहेको कर्पोरेट करलाई घटाउन आग्रह गरे । उनले सरकारले श्रम ऐनमा पनि सुधार गरेको खण्डमा उद्योगी व्यवसायीलाई काम गर्न सजिलो हुने दाबी गरे ।

सांसद साहले सरकारले विद्युतीय गाडीमा लगाएको करलाई पनि फिर्ता लिन अर्थमन्त्रीलाई आग्रह गरे ।

पहिला १ प्रतिशत रहेको इन्डक्सन चुलोलाई बढाएर ५ प्रतिशत पुर्याएको भन्दै यसलाई घटाउन, मलमा लाग्ने ५ प्रतिशतलाई पनि घटाउन माग गरेका छन् ।

उनले चुरा टिका पोतेको पहिला १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पु्र्याएको भन्दै यसलाई पनि घटाउन आग्रह गरेका छन् । यो किन गरेको भन्दै प्रश्न गरेका छन् ।

निर्माणमा क्षेत्रमा प्रयोग हुने फेबिकोको १५ बाट २० प्रतशित गरेको, डोरी १० प्रतिशत रहेकोमा १५ पुर्याएको भन्दै यो पनि घटाउन सुझाव दिए ।

चलिचित्र निर्माणमा प्रयोग हुने सामानमा १५ बाट ३० पुर्याएको भन्दै यसलाई पनि घटाउन माग गरे । उनले चकलेटको करमा ४० बाट ३० प्रतिशतमा झार्दा ३५ करोडको राजस्व गुम्ने भएकाले यो औचित्यहिन काम नगर्न आग्रह गरेका छन् ।

मैदामा २० प्रतिशत भन्सार रहेको र अहिले १५ प्रतिशतमा झार्दा मैदा मिल बन्द हुने अवस्थामा पुगको बताए । सुतिकपडा, गञ्जी, अन्डरवेयरमा पहिला २० प्रतिशतबाट १५ प्रतिशत गराउनको कारणबारे प्रश्न गरेका छन् ।

टेलिभिजनमा पहिला इन्चको आधारमा भन्सार लाग्ने गरेकोमा यो वर्ष १० प्रतिशत अन्तशुल्क, २० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट लाग्दा ठूला टिभी ल्याउनेलाई फाइदा र सानो ल्याउनेलाई नोक्सान हुने बताए । यो अन्यायपूर्ण भएको भन्दै यसलाई सुधार गर्न माग गरेका छन् ।


पुष्प दुलाल