भौतिक पूर्वाधारका क्षेत्र, जलविद्युत आयोजना चल्ने दिने सरकारको निर्णय



काठमाडौं । सञ्चार मन्त्री डा. युवराज खतिवडाले भौतिक पूर्वाधारका क्षेत्र निर्वाध रुपमा चल्न दिने बताएका छन् । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. खतिवडाले विकास आयोजना खुला गरेको बताएका हुन् ।

लकडाउन पछि बन्द भएका भौतिक पूर्वाधार, जलविद्युत आयोजना अब निर्वाध रुपमा सञ्चालन गर्ने निर्णय बैठकले गरेको उनको भनाइ छ । अब भौतिक पूर्वाधारमा आवश्यक आधार भूत निर्माणको लागि निर्माण सामग्रीको अभाव हुन नदिने खतिवडाले बताए ।

भौतिक पूर्वाधारको क्षेत्र खुला भएपनि काम गर्दा व्यक्तिगत दुरी कायम गरेर, मास्क, स्यानिटाइजर प्रयोग अनिवार्य गर्नुपर्ने बताए ।


क्लिकमान्डु