कस्ता सवारीसाधन चल्न पाउँछन् ? यस्तो छ सरकारको निर्णय



काठमाडौं । काठमाडौं उपत्यकाभित्र र उपत्यका बाहिरका जिल्लामा मात्र हुने गरी निजी सवारी साधानहरु सञ्चालन हुन पाउने भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सुचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले लकडाउन अवधिमा जोर बिजोर नम्बर अनुसार चालक बाहेक २ जना बसेर निजी गाडी चलाउन पाउने बताए ।

मन्त्रिपरिषदको निर्णय अनुसार लकडाउन अवधिमा शैक्षिक संस्थाहरु अर्को निर्णय नहुँदासम्म सञ्चालन हुन नपाउने भएका छन् । सुचारु हुन नपाउने अन्य सेवा र कार्यहरुमा विद्यालय, कलेज, ट्यूसन सेन्टरहरु पनि रहेका छन् ।

यस्तै, अनुमति प्राप्त बाहेकका सबै आन्तरिक र वाह्य उडानहरु, तोकिए बाहेकका अन्तर्राष्ट्रिय सीमाबाट आवत-जावत गर्न पाइने छैन् । सबै प्रकारका तालिम सभा, गोष्टी, सेमिनार, प्रर्दशन, भेला तथा सम्मेलन, सिनेमा हल, पाटी प्यालेस, डासबार लगायतका मनोरञ्जनका स्थल भने बन्द नै हुने छन् ।

सार्वजनिक पुस्ताकलय, संग्राहलय, चिडीयाखाना, स्पा, सैलुन र ब्यूटीपालर, स्विमिङ पुल, जिमखाना लगायतका हेल्थ कल्बहरु, सपिङ महलहरु बन्द गर्ने सरकारको निर्णय रहेकाे छ ।

यसैगरी, समुहमा खेलिने खेल र खेल मैदानमा हुने खेल प्रस्तुतिहरु, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु, सार्वजनिक यातायात, पर्यटक सवारी साधन समेत सञ्चालन हुन पाउने छैनन् ।

काठमाडौं उपत्यकाभित्रको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सोही जिल्लाभित्र सञ्चालन हुने जोर-बिजोर बाहेक अन्य निजी सवारी साधन हाललाई सञ्चालन नगर्ने निर्णय गरिएको छ ।


पुष्प दुलाल