भवानी राणाले हैसियत बिर्सिएकै हुन्, करेक्सन नभए उनैलाई गाह्रो हुन्छः चण्डीराज ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले आफूविरुद्ध पारित भएको भनिएको खेद प्रस्तावमा वैधानिक आधार नभएको बताएका छन् ।

क्लिकमाण्डूलाई दिएको भिडियो अन्तर्वार्तामा ढकालले पदाधिकारी बैठकमा आफूविरुद्ध खेद प्रस्ताव वैधानिकरुपमा नआएको बताए ।

‘पदाधिकारी बैठक महासंघका साधारणसभाको मिति तय गर्नका लागि बोलाइएको थियो, खेद प्रस्ताव पारित गर्न होइन,’ ढकालले भने ।

चण्डीराज ढकाल भन्छन्- भवानी राणाले आफ्नो हैसियत बिर्सिइन्, अब म चुप लागेर बस्दिन

उनले विगतमा पनि महासंघको नेतृत्वलाई अहिलेकै कतिपय पदाधिकारीले नेतृत्व इतिहासकै कमजोर भएको आर्थिक अनियमिताको र महासंघ अध्यक्ष भवानी राणाले आफ्नो हैसियत बिर्सिएको आरोप समेत लगाएको बताए ।

‘मविरुद्धको खेद प्रस्तावमा म बाहेक ३ जना पदाधिकारीले असन्तुष्टी जनाएका छन्, लिखितरुपमा माइन्युटको विषय नआएको हुँदा यसको वैधानिकता नै छैन,’ उनले भने ।

महासंघ अध्यक्ष राणासँग आफूले विवादको शुरुवात नगरेको भन्दै आफूहरुलाई संचारमाध्यममा हुँदै नभएको आरोप लगाइएको बताए । स्थायी समितिको बैठक आफूहरुको अनुरोधमा बोलाएर नआएको भन्ने अध्यक्ष राणाको भनाइ झुटो भएको ढकालको दाबी छ ।

उनले आफूहरुले वैधानिकरुपमा महासंघको साधारणसभा बोलाउन माग गरेर असारभित्र साधारणसभा नभएमा महासंघको वैधानिकतामाथि प्रश्न उठ्ने बताए ।

अध्यक्ष राणालाई गालीगलौज गरेको भन्दै महासंघद्धारा चण्डीराजविरुद्ध खेद प्रस्ताव पारित

‘मिति तोक्ने भोलिका दिनमा सरकारले लकडाउन कायम राखेमा साधारणसभा हुँदैन, हामीले प्रक्रिया शुरु गर्न माग राखेको हो,’ उनले थपे ।

उनले साधारणसभाबाट निर्वाचित अध्यक्ष शेखर गोल्छा हुने भए पनि महासंघघको साधारणसभाको विषय शेखरको मात्रै नभएको बताए ।

‘शेखरजीलाई मलाई मन लागेन ६ महिना खान्न भन्नु होला, शेखरजी स्वयंमका लागि पनि समय बढाउँदै लैजानु फाइदा छैन । मलाई कुनै पनि कुराले रोक्दैन भन्ने भ्रम उहाँले त्याग्नुपर्छ,’ ढकालले भने ।

उनले अध्यक्ष महासंघघमा डिक्केटर हुन नपाउने भन्दै सबैको कुरा सुन्नुपर्ने बताए ।

‘मैले सहयोग गर्दासम्म चण्डीराज ढकालले भनेको कुरा उपदेश हुने, अनि कुरा नमिलेपछि हस्तक्षेप हुने कुरा हुन्छ,’ ढकालले भने ।

उनले आफूले महासंमा भवानीजीलाई मनोनित गर्दै कार्यसमितिमा ल्याएको र पदाधिकारीमा हारेपनि पुनः ल्याएको र विधान संसोधन गरेर अध्यक्ष बनाउने क्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

‘टिमले सहयोग गरेर नेतृत्वमा पुगेपछि खोला तर्यो लौरो बिर्सियो भन्नु भएन,’ उनले भने ।


पुष्प दुलाल