अर्को वर्ष नेपालकाे झण्डा फहराउँदै रेल गुड्छः मन्त्री नेम्वाङ



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले आगामी आर्थिक वर्ष २०७७/७८ मा जयनगर-जनकपुरमा रेल सञ्चालनमा आउने बताएका छन् ।

विनियोजन विधेयकमाथि उठेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री नेम्वाङले आगामी आवमा नेपालको झण्डा फहराउँदै रेल संचालन जानकारी गराएका हुन । प्रतिनिधिसभाको बैठकमा उनले दुईवटा रेल खरिद प्रक्रिया अघि बढेको बताए ।

उनले आगामी आर्थिक वर्षमा बजेट केही कम भएपनि ८० वटा राजमार्गलाई निरन्तरता दिँदै पूर्वपश्चिम राजमार्ग ४ लेनको बनाउने बताए ।

आगामी आवमा नागढुङ्गा–सिद्धार्थ सुरुङमार्गको निर्माण प्रकृयालाई दुत गतिमा अघि बढाउँदै अन्य ७ वटा सुरुङ मार्गको लागि पनि बजेट विनियोजन भएको बताए ।

उनले आगामी आवमा काठमाडौं उपत्यकामा फ्लाई ओभर निर्माणको काम सुरु गरिने पनि जानकारी गराए ।

उनले १५ सय वटा स्थानिय तथा रणनीति पुल निर्माण गर्नको लागि रकम विनियोजन गरेको र करिब ७ सय वटा पुलको डिपीआर तयार भएको र २ सय वटा पुलको आगामी आवमा सम्भाव्यता अध्ययन गरेर डिपीआर गर्ने योजना रहेको सुनाए ।

‘यति हुँदा हुँदै पनि यो बजेटले आगामी आवमा सबै पुल बनाउन चुनौती रहेको छ । पुन निर्माणमा अत्याधिक चाप पनि बनेको छ ।’


क्लिकमान्डु