सुचना प्रविधि कार्ययोजना असार मसान्तभित्र पेश गर्न बीमा कम्पनीलाई समितिको निर्देशन



काठमाडौं । बीमा कम्पनीहरुले सुचना प्रविधि सम्बन्धी कार्ययोजना बनाउनु पर्ने भएको छ । बीमा समितिले ‘बीमकको सूचना प्रविधि मार्गदर्शन, २०७६’ अन्तर्गत रहेर असार मसान्तभित्र कार्ययोजना पेश गर्ने निर्देशन दिएको हो ।

समितिको निर्देशनअनुसार अब बीमा कम्पनीहरुले बीमकको डाटा सेन्टर स्थापनाको कार्ययोजना, रियलटाईम सफ्टवयेर जडान सम्बन्धी कार्ययोजना र साइबर सुरक्षा सम्बन्धी विस्तृत कार्ययोजना तयार गरी पेश गर्नु पर्नेछ । यसले बीमकको सूचना प्रविधि प्रणालीलाई थप व्यवस्थित बनाउन मद्दत पुग्ने बीमा समितिले जनाएको छ ।


पुष्प दुलाल