सरकारी कर्मचारीलाई बजेटले बनायो निराश, तलब बढेन सबै खाले भत्ता खारेज



काठमाडौं । सरकारले कोरोना रोग नियन्त्रणमा खटिएका कर्मचारी बाहेक सबैलाई दिने अतिरिक्त भत्ता खारेज गरिदिएको छ ।

सरकारी कर्मचारीले घर बनाउन र छोराछोरी पढाउन सस्तो ब्याजदरमा ऋण पाउने

सार्वजनिक खर्चमा मितव्ययिता अपनाउनका लागि कार्यालय सञ्चालन, इन्धन, सहज अवस्था आएपछि हुने आन्तरिक र वैदेशिक भ्रमण, कम प्राथमिकताका गोष्ठी, सम्मेलन, सेमिनार, भैपरी खर्च, फर्निचर, सवारी साधन खरिद र मर्मत खर्चमा बजेट कटौती भएको छ ।

कोरोना रोकथाममा पहिलो पंक्तिमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायतका बाहेक अन्य कर्मचारीले पाउने प्रोत्साहन भत्ता, अतिरिक्त भत्ता, बैठक, खाना तथा खाजा खर्च, जोखिमलगायतका सबै प्रकारका भत्ता आगामी साउन १ गतेदेखि खारेज गरिएको छ ।

विभिन्न सरकारी कार्यालयमा तलबको दोब्बर रकम सम्म भत्ता पाउने गरेका थिए ।

कोरोना रोग नियन्त्रणमा खटिएका कर्मचारीले भने भत्ता पाउने छन् ।


क्लिकमान्डु