सरकारी कर्मचारीले घर बनाउन र छोराछोरी पढाउन सस्तो ब्याजदरमा ऋण पाउने

क्लिकमान्डु २०७७ जेठ १५ गते १८:१२ मा प्रकाशित

काठमाडौं । सरकारी कर्मचारीहरुले घर बनाउन र सन्तान पढाउनका लागि सस्तो ब्याजदरमा ऋण पाउने भएका छन् ।

सरकारी कर्मचारीलाई बजेटले बनायो निराश, तलब बढेन सबै खाले भत्ता खारेज

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै राष्ट्रसेवक कर्मचारीलाई प्रोत्साहन गर्नका लागि घर बनाउन र सन्तान पढाउनका लागि सस्तो ब्याजदरमा ऋण दिने व्यवस्था मिलाइने बताए ।

त्यसैगरी सरकारले अस्थायी तथा करारमा सरकारी सेवामा रहेका कर्मचारीका लागि १ लाख रुपैयाँसम्मको कोरोना बीमाको व्यवस्था गरेको छ । र, कोरोनाको संकटमा पनि खटेर काम गर्ने कर्मचारीलाई अन्य प्रोत्साहन भत्ता उपलब्ध गराउने बताए ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स