एससीसी पास नहुँदै आयोजनालाई बजेट,विद्युत प्रसारण लाइनलाई ३६ अर्ब २ कराेड



C

काठमाडौं । सरकारले एससीसी पास नहुँदै आयोजनालाई बजेट दिने कार्यलाई तिब्रता दिएको छ । अर्थमन्त्री डा. खतिवडाले आगामी आवको बजेट संघीय संसदमा पेश गर्दै यस्तो तिब्राता दिएका हुन् ।

आगामी आवमा माथिल्लो तामोकोशी, माथिल्लो सान्जेन जलविद्युत आयोजना सक्ने सरकारले घोषण गरेको छ । उक्त आयोजना सम्पन्न गरेर १ हजार ३०० यूनिट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने अर्थमन्त्री खतिवडाले बताए । विद्युत प्रसारण लाइनलाई ३६ अर्ब २ कराेड रुपैयाँ विनियोजन गरेका छन् ।

४ अर्ब ग्रामिण विद्युतिकरणको लागि विनियोजन भएको छ । थप ५० हजार बायोग्यास थप्ने सरकारको घोषणा रहेको छ । ४ अर्ब १३ करोड रुपैयाँ बैकल्पिक उर्जाको लागि विनियोजन भएको छ ।

विद्युतको तार भुमिगत आगामी आवमा भक्तपुर, ललितपुर र चितवनमा सुरु गरिने भएको छ । सञ्चालनमा नआएका आयोजना खारेज गर्ने सरकारले घोषणा गरेको छ । सहरी क्षेत्रमा विद्युत विकास गर्नको लागि २ अर्ब विनियोजन गरिएको छ ।


क्लिकमान्डु