प्रभु बैंकका सेवाहरु आजदेखि ३ दिन बन्द



काठमाडौं । प्रभु बैंकका सेवाहरु आजदेखि ३ दिनसम्म बन्द हुने भएको छ । बैंकले सूचना जारी गरेर नयाँ सफ्टवेयर प्रतिस्थापन गर्नको लागि बैंकको सेवा बन्द गर्न लागेको जनाएको छ ।

बैंकको सेवा आज जेठ १५ गते साझ ५ बजेदेखि आइतबार ९ बजेसम्म सम्पूर्ण सेवा बन्द हुने छ । बैंकले अहिले संचालन गरेको पुमरी सफ्टवेयरलाई प्रतिस्थापन गरेर फिनाकल प्रयोग गर्न लागेको छ ।

डाटा माइक्रेशनमा समय लाग्ने भएको हुँदा ३ दिनसम्मको लागि सम्पूर्ण सेवा बन्द हुने भएको हो ।


क्लिकमान्डु