राष्ट्र बैंकले गर्यो कोभिड अवधिभरका रेमिट्यान्समा सहजिकरण, कम्पनीबाट सोझै नेपाल रकम पठाउन सकिने



काठमाडौं ।  विदेशमा काम गर्ने नेपाली कामदारहरुले पठाउने रेमिट्यान्सको सिमा बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार एक सुचना जारी गर्दै यसमा थप सहजिकरण गरेको हो ।

यसका साथै राष्ट्र बैंकले रेमिट्यान्समा थप सहजिकरण पनि गरेको छ । अब विदेशमा कार्यरत नेपाली कामदारको रेमिट्यान्स सिधै नेपाल पठाउन मिल्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यस अघि विदेशमा रहेका नेपालीले व्यक्तिगत रुपमा रेमिट्यान्स सेवा प्रदायक कम्पनीबाट र कार्यरत कम्पनीले १० जना कामदारको प्रति व्यक्ति १ हजार डलरका दरले १० हजार अमेरिकी डलर मात्र पठाउन मिल्ने व्यवस्था थियो । अब नेपाली कार्यरत एक कम्पनीले सबै कामदारको १५ सय अमेरिकी डलरसम्म रेमिट्यास नेपाल पठाउन मिल्ने व्यवस्था गरेको राष्ट्र बैंकका विदेशी विनियम विभागका कार्यकारी निर्देशक बम बहादुर मिश्रले बताए ।

‘यसअघि एकजना भन्दा बढी व्यक्तिको रकम नेपाल विप्रेषण गरिदिँदा विभिन्न झमेला बेहाुर्नपर्ने भएकाले कोभिड अवधिभर त्यसलाई सहजिकरण गरिएको छ,’ उनले क्लिकमाण्डुसँग भने ,‘यसले गर्दा विदेशमा रहने नेपालीले १५ सय डलरसम्म कार्यरत कम्पनीमार्फत् नै नेपालमा पैसा पठाउन सक्नेछन् ।’ सो सुविधा राष्ट्र बैंकले कोभिड अवधिभरका लागि दिएको उनले बताए ।
यस व्यवस्थाले कोभिड–१९ को नेपाल भित्रिने रेमिट्यान घटिरहेको अवस्थामा सोझै कम्पनीबाट रेमिट्यान्स नेपाल भित्रिन सहयोग गर्ने राष्ट्र बैंकको विस्वास छ ।

राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार विश्वका विभिन्न देशमाा रहेका नेपाली कामदार कार्यरत कम्पनी तथा त्यस देशमा रहेका बैंकको सहकार्यमा खातामा पारिश्रमिक जम्मा गरिदिने र कम्पनीको प्रतिनिधिको अनुरोधमा कामदारले तोकेको हितधिकारीको नाममा भुक्तानी हुने गरी रकम नेपाल पठाउन पाइनेछ । सूचनामा भनिएको छ, ‘यस व्यवस्थाअन्तर्गत कारोबार गर्ने रकमको सीमा प्रतिदिन प्रतिपटक प्रतिव्यक्ति अधिकतम १५ सय अमेरिकी डलर हुनु पर्नेछ ।’


क्लिकमान्डु