सनराइज बैंकद्धारा चितवन मेडिकल कलेज र महाभारत गाउँपालिकालाई पीपीई सहयोग



काठमाडौं । सनराइज बैंकले चितवन मेडिकल कलेज र महाभारत गाउपालिकालाई व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीइ सहयोग गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले २० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ चितवन मेडिकल कलेजका सम्पर्क अधिकारी बिमल ज्ञवालीलाई हस्तान्तरण गरे ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा सिमित स्रोत साधनका साथ अस्पतालका डाक्टर र नर्सहरुले संक्रमण नियन्त्रणका लागि अतुलनिय योगदान रहेको बताए ।

त्यसैगरी जेष्ठ ०७, बुधबार बैंकले महाभारत गाउँपालिकालाई १० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ र १००० थान मास्क हस्तान्तरण गरेकोे थियो । उक्त सामाग्री बैंकका महाभारत शाखा अधिकृत राजकुमार थापाले गाउँपालिकाका मेयर हरि सिंह बिष्टलाई हस्तान्तरण गरे ।


क्लिकमान्डु