एनआईसी एशिया बैंकको खुद नाफा साढे २ अर्ब बढी



काठमाडौं । एनआईसी एशिया बैंक साढे २ अर्ब रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म २ अर्ब ५० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

जुन गत आवको सोही अवधिको तुलनामा ९.९२ अर्थात २२ करोड ६० लाख रुपैयाँले बढी हो । गत आवको चैत मसान्तसम्म बैंकले २ अर्ब २७ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकद्वारा सार्वजनिक चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा ४० करोड ७४ लाख ९८ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा १ खर्ब ८६ अर्ब ८१ करोड ७७ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६१ अर्ब १८ करोड ७१ लाख रुपैयाँ कर्जा प्रवाह गरको छ ।
जसबाट बैंकको ब्याज आम्दानी तर्फ भने ३.७ प्रतिशतको वृद्धि भएको छ । गत आवको चैत मसान्तसम्म ५ अर्ब ३२ करोड ३६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा १९ करोड ८९ लाख रुपैयाँले बढाएर ५ अर्ब ५२ करोड २५ लाख रुपैयाँ पुर्याएको छ ।

साथै सो अवधिमा बैंकको सञ्चालन मुनाफा ३ अर्ब ६० करोड ४० लाख रुपैयाँ रहेको छ ।

यस्तै, सो अवधिसम्ममा बैंकको खराब कर्जा ०.७५ प्रतिशत, कष्ट अफ फण्ड ७.०२ प्रतिशत, वेसरेट ९.६१ प्रतिशत, स्प्रेडरेट ४.९२ प्रतिशत र सीसीडी रेसीयो ७८.१८ प्रतिशत रहेको छ ।


क्लिकमान्डु