कुमारी बैंकको नाफामा सामान्य सुधार, अन्य वित्तीय सुचक कस्तो ?



काठमाडौं । कुमारी बैंकको नाफामा सामान्य सुधार देखिएको छ । बैंकद्वारा सार्वजनिक चालु आवको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकले सो अवधिमा ०.९३ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ ।

गत आवको चैत मसान्तसम्म २ अर्ब २३ करोड ३० लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा २ अर्ब ७५ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

समीक्षा अवधिमा बैंकको ४ करोड ५० लाख ६१ हजार रुपैयाँ वितरण योग्य नाफा रहेको छ ।

यसैगरी, बैंकले चालु आवको चैत मसान्तसम्म ८५ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी ८९ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले २ अर्ब ७५ करोड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

जुन गत आवको सोही अवधिको तुलनामा २३.२६ प्रतिशत अर्थात ५१ करोड ९६ लाख रुपैयाँ बढी हो ।

साथै सो अवधिमा बैंकको सञ्चालन मुनाफा भने १ अर्ब ४८ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

यसैगरी समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ०.९८ प्रतिशत, कष्ट अफ फण्ड ७.५६ प्रतिशत, वेसरेट १०.६५ प्रतिशत, स्प्रेडरेट ४.६५ प्रतिशत र सीसीडी रेसियो ७९.८० प्रतिशत रहेको छ ।
चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ १३ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ३२ रुपैयाँ ६५ पैसा रहेको छ ।


क्लिकमान्डु