कृषि विकास बैंकको नाफा ७.७ प्रतिशतले घट्दा अन्य सुचक कस्तो ?



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कृषि विकास बैंकले २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आवको चैत मसान्तको तुलनामा ७.७ प्रतिशतले कम हो ।

गत आवको सोही अवधिमा बैंकले २ अर्ब २१ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकद्वारा सार्वजनिक चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा भने १ अर्ब २५ करोड ८८ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकले १ खर्ब ३० अर्ब ५१ करोड ८६ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २१ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ कर्जा लगानी गरको छ । जसबाट बैंकले ४ अर्ब ३६ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरको छ ।

गत आवको सोही अवधिमा बैंकले ५ अर्ब ३० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

साथै, सो अवधिमा बैंकले २ अर्ब ७० करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ४.२२ प्रतिशत, बेसरेट ११.१६ प्रतिशत र स्प्रेडरेट ५.२० प्रतिशत छ ।

साथै बैंककोे प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५५ पैसा र मूल्य आम्दानी अनुपात १३. ८६ गुणा कायम भएको छ ।


क्लिकमान्डु