पारिश्रमिक स्थगित गर्नेदेखि श्रमिकलाई जगेडामा राख्न उद्योग वाणिज्य महासंघको प्रस्ताव



काठमाडौं । उद्योग वाणिज्य महासंघले लकडाउनको अवधि बढ्दै गएकाले श्रमिकलाई जगेडामा राखि उक्त अवधिभर ५० प्रतिशत तलब भुक्तानी गर्ने प्रस्ताव गरेको छ ।

साथै लकडाउन अझै लम्बिएमा पारिश्रमिक भुक्तानी स्थगित गर्नेसम्मको प्रताव गरिएको छ ।

महासंघले ‘लकडाउन अवधिको प्रतिष्ठानमा काम गर्ने कामदारको पारिश्रमिक भुक्तानी सम्बन्धमा सिफारिस गर्न गठित कार्यदल’ले यस विषयमा ७ वटा सुझाव छलफलका लागि पेश गरेको छ ।

चन्द्रप्रसाद ढकालको अध्यक्षतामा रहेको कार्यदलले प्रतिष्ठानस्तरमा प्रत्येक २ वर्षमा हुने सामूहिक सौदाबाजी सम्झौतालाई १ वर्षसम्मका लागि अर्थात आगामी चैत महिनासम्मका लागि स्थगित गर्ने निर्णय समेत गरेको छ ।

साथै लकडाउनको अवधिमा अत्यावश्यक सेवा सञ्चालन र आवश्यक देखिएमा अन्य उद्योग प्रतिष्ठान सञ्चालन गर्नु परेमा रोजगारदाताले आवश्यक अनुसार प्रतिष्ठानमा काम गनेृ सबै वा केही संख्यामा श्रमिकहरुलाई हाजिर गराइ काममा लगाउन सक्नेछ ।

साथै लकडाउन अवधिको श्रमिकलाई गर्नुपर्ने भुक्तानी रोजगारदाता, श्रमिक र सरकार तीनै पक्षको बराबर योगदान रहने गरी भुक्तानी गर्ने व्यवस्थाका लागि छलफलको प्रस्ताव पेश गरेको छ ।


क्लिकमान्डु