नेपालको आर्थिक बृद्धिदर २.५% , एशियाली देशको विकास ६० वर्षपछि ठप्प: आईएमएफ



काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चालु आर्थिक वर्षमा नेपालको अर्थिक बृद्धिदर साढे २ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

आईएमएफले सार्वजनिक गरेको रिपोर्टमा कोरोनाको कारण नेपालको आर्थिक बृद्धिदर साढे २ प्रतिशतमा खुम्चने प्रक्षेपण गरेको हो ।

यसअघि विश्व बैंकले नेपालको अर्थिक बृद्धिदर १.८ देखि २.८ प्रतिशतसम्म हुने प्रक्षेपण गरेको थियो । आईएमएफले एशियाली देशमा विकास ६० वर्षपछि ठप्प हुने प्रक्षेपण गरेको छ ।

आइएमएफले विश्वको अर्थतन्त्र भने ३ प्रतिशतले ओरोलो लाग्ने जनाएको छ । यो अहिलेसम्मकै ठूलो आर्थिक मन्दी हुन सक्ने अनुमान आईएमएफको रहेको छ ।

आईएमएफले गरेको प्रक्षेपणले धनी देशहरुको अर्थव्यवस्था बढी खराब हुने छ । अमेरिका,युरो क्षेत्र,जापान,बेलायत,क्यानडा र अन्य देशको आर्थिक बृद्धिदर ऋणात्मक हुने छ ।

उदयमान आर्थिक शक्तिमा चीनको १ प्रतिशत,भारतको १.९ प्रतिशतले बृद्धि हुने छ भने अन्य एशियाली मुलकको ०.६ प्रतिशतले ऋणात्मक हुने छ ।

नेपालीहरु बैदेशिक रोजगारीमा रहेको खाडी देशहरुको आर्थिक बृद्धिदर ऋणात्मक हुने छ । २.८ प्रतिशतले खाडी देशहरुको बृद्धिदर ऋणात्मक हुने प्रक्षेपण गरेको छ । यसको असर नेपालमा रेमिटेन्स अप्रवाहमा पर्ने छ ।


क्लिकमान्डु