कोरोना कहरले नेपालको बैंकिङ क्षेत्रलाई ४/५ वर्ष पछाडि धकेलेको छः गोविन्द ढकाल



कोरोना भाइरसको संक्रमणका कारण विश्व अर्थतन्त्र लगायत नेपालको अर्थतन्त्रमा नकारात्मक प्रभाव पारिरहेको छ । यो प्रभाव निश्चितरुपमा पर्ने देखिएको रहेको छ ।

महामारीको रुपमा देखिएको यस भाइरसको हालसम्म देखिएका जति पनि नकारात्मक असरहरू छन् । यी सुरुवाती असरहरुमध्ये यो असरहरु भविष्यमा अझै बढी र दीर्घकालीन असरकोरूपमा बढ्दै जाने देखिन्छ ।

यसको असर भने नेपालको बैंकिङ क्षेत्रको सन्दर्भमा अहिले बैंक तथा वित्तीय संस्थाहरुले अत्यावश्यक सेवाअन्तर्गत रहेर सेवाग्राहीहरुलाई आवश्यकताअनुसार पैसा झिक्ने र राख्नेदेखि बाहेकका कुनैपनि सेवा तथा कारोबारहरु गर्न पाएका छैनन् ।

लकडाउन सुरु भइसकेपछि कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुले नयाँ लगानीका विषयहरु नयाँ क्रियशनका बिषयमा केही गर्न सकेका छैनन् ।धेरै समय पछाडि गति लिएको अर्थतन्त्र चलायमान अवस्थामा रहँदैआएको बैंकिङ क्षेत्र पुनः कोरोना भाइरसको संक्रमणका कारण ४/५ वर्ष पछाडि धकेलिएको छ । जसले गर्दा खेरी बैंक र बैंकसँग सम्बन्धित सेवाग्राही र सरोकारवालाहरुको सबैमा त्रास फैलिएको छ ।

विश्व अर्थतन्त्रमा कोरोना भाइरसको संक्रमण न्यून भएपछि नेपालमा नयाँ लगानीका विभिन्न बाटोहरु खोल्न सक्छन् ।

हाल कुनै पनि उद्योग धन्दा ब्यवसायहरु सञ्चालनमा आएका छन् । जसका कारण बैंक तथा वित्तीय संस्थाहरुले सीमितमात्र शाखा खोलेर सेवाग्राहीलाई आवश्यकताअनुसार पैसा जित्ने र उनीहरूको संकलित पैसा राख्नेदेखि बाहेकका कुनैपनि काम गर्न नसकेका कारणले भोलिका दिनमा बैंक तथा वित्तीय संस्थाहरूको लगानी खुम्चन सक्ने अवस्था आउँछ ।

बैंक तथा वित्तीय सस्थाहरुले यो अवस्थामा जनतालाई आवश्यक बस्तुहरु खरिद तथा बिक्री गर्नका लागि पैसाको अभाव नहोस् भनेर डिजिटल बैकिङ तथा एटीएमहरुमा प्रशस्तमात्रामा पैसा राख्ने र केही शाखाहरु खोलेर जनतालाई सेवा दिने कामहरु समेत गरिरहेका छन् ।

यो अवस्थामा कुनैपनि बैंकहरुले आफ्ना कर्जाका ग्राहकहरुलाई ब्याज तिर्न र किस्ता भुक्तानीका लागि फोन गर्ने म्यासेज गर्ने कुनै पनि कतै कार्यहरु गरेको छैन । कोरोनाको संक्रमणको जोखिम रहिरहेको अवस्थामा उनीहरुलाई बैंकिङ क्षेत्रको कुनै पनि आर्थिक भार तथा मानसिक तनाव नथप्ने बैंकहरुले निर्णय गरेका छन् ।

यद्यपि राष्ट्र बैंकले ल्याएको सौगातका प्याकेज अन्तर्गत जुन कर्जाहरु ब्याजमा छुट तथा किस्ता भुक्तानीको समय तोकिएको छ । त्यो सबै प्रकारका कर्जाहरुका लागि तोकेको छैन निश्चित केही कर्जा हरुका लागि मात्र राष्ट्र बैंकले समयसीमा पर सारेको र त्यसमा ब्याजदरमा छुट दिएको छ ।

राष्ट्रबैंकले ल्याएका सहुलियत प्याकेजमा किस्ताबन्दी लोन र क्रेडिट कार्डको लागी मध्ये तोकीएको छ । तर सबै ग्राहकहरुलाई सबैप्रकारका कर्जामा सहुलियत दिएको भन्ने बुझाइ रहेको छ । चालू पुँजी र अन्य प्रकारका कुनै पनि कर्जामा यो प्रकारको सुविधा छैन ।

यस सम्बन्धमा बैंकले कर्जा सम्बन्धी कुनैपनि ग्राहकहरुलाई बुझाउन सकेका छैन । सोही कारणले गर्दा ग्राहकहरुलाई सबै प्रकार कर्जामा छुट हो भन्ने भान परेको छ । यसमा राष्ट्रबैंकले स्पष्ट नीति ल्याउन जरुरी छ ।

अर्थतन्त्र चलायमान नहुँदा बैंकिङ कारोबार ठप्प भएको छ र बैंकिङ कारोबार ठप्प भएपनि बैंक खर्चहरु भने यथावतै रहेको छ । बैंक घरबाट तथा कर्मचारीहरूको खर्च आइटीको खर्च लगायत अन्य खर्चहरु यथावत रहेका कारण भोलिका दिनमा कोरोनस भाइरसको संक्रमणको कारण बैंकिङ क्षेत्रमा नाफा मात्र नभई बैंकहरू सञ्चालनसम्ममा आउन अप्ठ्यारो परिस्थिति सिर्जना हुनसक्ने अवस्था अहिले देखिन्छ ।

कोरोना भाइरसको संक्रमणका कारण बैंकिङ क्षेत्र तत्कालीन असरहरु हामीले भन्न सकेपनी दिर्घकालीन असरहरु के कस्ता देखापर्छ एकीन गर्न सक्ने अवस्था अहिले छैन । लकडाउन भएपछि अर्थतन्त्र चलाएमान छैन । तर अर्थतन्त्रमा असर देखापर्यो भने पनि लक डाउन खुल्ला गर्न सक्ने अवस्था छैन अहिले । आर्थिक क्षतिभन्दा मानवीय क्षति बढी महत्वपूर्ण हुन्छ । मानिसको ज्यान रहेमात्र धन कमाउन सक्ने अर्थतन्त्र चलायमान गर्नसक्ने अवस्था रहन्छ ।

यसको दीर्घकालीन प्रभाव अर्थतन्त्रमा कस्तो पर्छ भनेर एकीन गर्न नसकेता पनि यसको प्रभावका बारेमा अहिले नै विचार विश्लेषण गरेर त्यसको पूर्वतयारी भने केही गर्न सकिन्छ । अर्थतन्त्र चलायमान नहुनु भनेको उद्योग कलकारखाना सानाठूला व्यवसायहरु नचल्नु हो । व्यवसाय चलाएमा नहुँदा खेरी त्यसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रमा पर्न जान्छ ।

बैंकहरुले अबको दिनमा नाफा घट्यो भन्ने चिन्ता र नाफा कसरी कमाउने भन्ने तर्फ भन्दा पनि यो अवस्थामा कसरी चल्ने र कसरी सर्भाइभ गर्ने भन्नेतर्फ योजनाहरु बनाउन आवश्यक छ । बैंकिङ क्षेत्रले नयाँ अभिभावक राष्ट्र बैंकमा नयाँ गभर्नर साब आउनुभएको छ । उहाँले पनि केही नयाँ नीति तथा नियमहरुको बैंकिङ क्षेत्रका लागि ल्याउनु हुन्छ भन्ने आशा सबैले गरेका छन् ।

यो अवस्थामा बैंक पनि बाँच्नुपर्छ । र, कर्जा लिने ग्राहकहरुको पनि मर्कामा पर्न हुँदैन भन्ने तवरले राष्ट्र बैंकले नयाँ नीति तथा निर्देशन तथा सरकारले राष्ट्र बैंक मार्फत अनुदान तथा सहुलियतका प्याकेज ल्याउन जरुरी छ ।

यो अवस्थामा सबै क्षेत्र र नागरिक बाँच्न र बचाउनका लागि नेपाल सरकारले तथा राष्ट्र बैंकले निजी तथा निर्देशकहरुलाई बैंक तथा वित्तीय संस्थाहरु आपसमा समझदारी गरी समयको बाटो पहिल्याउन सहयोग गर्नेछ ।

बैंकिङ क्षेत्रले अहिले पाएको नयाँ गभर्नरले वित्तीय क्षेत्र तथा अर्थतन्त्रलाई राम्रोसँग ले बुझ्नु भएको छ । यस्तो विषम परिस्थितिमा उहाँले बैंक तथा वित्तीय संस्था तथा अर्थतन्त्रलाई नै कोशेढुंगा सावित हुने प्रकारका केही नीति तथा निर्देशन र योजना तथा कार्यक्रमहरु बनाउनु हुन्छ भन्ने सम्पुर्ण सरोकारवालसहरूलाई पूर्ण विश्वास छ ।

बैंकहरुले अत्यावश्यक सेवा देखि बाहेक सबै बैकिङ सेवाहरु ग्राहकलाई डिजिटल प्रविधिमार्फत लिन प्रोत्साहन गरिरहेका छन् । हालसम्म प्राय सबै स्थानीय तहहरुमा बैंक शाखा पुगिसकेका भएपनि डिजिटल बैकिङ प्रविधि सबै तहमा पुग्न सकेका छैनन् ।

कोरोना संक्रमणको जोखिममा निश्चित समयको लागि खुलिएका बैंकका शाखामा अहिले निक्षेप झिक्ने र राख्ने ग्राहकको भीड लाग्ने गरेको छ । यस्तो अवस्थामा बैँकको सेवाग्राही र बैंकका कर्मचारी दुवैमा भाइरसको संक्रमणको जोखिम उच्च रहन्छ । बैंकिङ क्षेत्रमा समय रहँदै डिजिटल प्रविधिको विकास र यसको पहुँच पुर्याउन नसक्दा यस्तो समस्या देखिएको हो ।

कुल बैंकका सेवाग्राही मध्ये ३०/४० प्रतिशत सेवाग्राहीले मध्ये डिजिटल प्रविधीको प्रयोग गरिरहेका छन् । यी समस्याहरूको समाधान गर्दै नयाँ आएका अवसर साबले कोरोना भाइरसको संक्रमणको अवस्थामा बैंकिङ क्षेत्रमा सेवाग्राहीमा सेवा पुर्याउन असहज परिस्थितिको समस्याको समाधान गर्न उचित उपाय तथा नीति नियमहरु ल्याउनुहुन्छ भन्ने सबैको विश्वास छ ।

विश्व अर्थतन्त्रमा कोरोना भाइरसको संक्रमण न्यून भए पछाडी नेपालमा नयाँ लगानीका विभिन्न बाटोहरु खोल्न सक्छन् ।

संक्रमणको जोखिम न्यून भइसकेपछि नेपाल सरकार, राष्ट्र बैंक तथा अन्य सरोकारवाला निकाय बैंक तथा वित्तीय संस्थाहरुले अबका दिनमा नै भविष्यमा कसरी अगाडि बढ्ने, त्यस तर्फको लगानीलाई कसरी अगाडि बढाउने देशको अर्थतन्त्रलाई कसरी दरिलो बनाउने, आफू कसरी बाँच्ने र अरुलाई बचाउने भन्नेतर्फ पूर्वयोजना तथा तयारी अहिले अहिले गर्नु पनि आवश्यक छ ।

कोरोनाको संक्रमण सकिय पछाडी नेपालले लगानी गर्ने क्षेत्र भनेको कृषि क्षेत्र नै पहिलो प्राथमिकताको क्षेत्र हो । नेपालका अन्य क्षेत्रहरु पर्यटनको होटल लगायतका अन्य क्षेत्रहरु तत्कालीन रूपमा संक्रमण साम्री हुने बित्तिकै चलायमान हुनसक्ने अवस्था रहँदैन ।

भारतलगायतका अन्य खाडी मुलुकहरुमा रोजगारीका लागि गएका कयौं युवाहरु नेपाल फर्किएका छन् भने शहर बजारतिर रोजगारीका लागि आएका उद्योग, कलकारखानामा काम गर्ने, दैनिक मजदुरि गरेर जिविकोपार्जन गरिरहेका युवाहरु आफ्नै गाउँ फर्किएका छन् । जसको कारणले रेमिट्यान्स घट्छ ।

उनीहरु तत्कालीन रूपमा आफ्नो काम फर्किन वा विदेश जानसक्ने अवस्था कुनै पनि हालतमा हुन सक्दैन । सरकारले त्यस्तै युवाहरुका लागि स्थानीयस्तरमै कृषि तथा साना तथा मझौला उद्योगहरूको स्थापना गरी त्यसतर्फको लगानी बढाउनतर्फ अहिलेदेखि नै योजना त बनाउनु आवश्यक छ । मानिस भोको रहेपछि बाँच्नको लागि जुनसुकै अवस्थामा पनि जानसक्ने हुन्छ ।

आफु र आफ्नो परिवार बचाउनका लागि रोजगारी गुमेका र रोजगार छोडेर पुनः जान नसकेका त्यस्ता युवाहरुले भोलिका दिनमा आफु र आफ्नो परिवार बचाउनका लागि समाजमा चोरी डकैती र विकृतिका घटनाहरू घटाउन सक्ने प्रबल सम्भावना रहन्छ ।

सरकारले त्यस्ता अवस्था आउन नदिनका लागि आजको दिनमा नै त्यस विषयमा विश्लेषण गरी पूर्व तयारी तथा योजना बनाउन आवश्यक छ । जसमा सरकारले बैंक तथा वित्तीय संस्थाहरूको मार्फत साना तथा मझौला कर जसोले पुनः कर्जा तथा बिनाधितोका कर्जा हरुका लागि नौलो पूर्ण प्याकेटहरू अहिलेबाट नै तयार गर्न आवश्यक हुन्छ । सरकारले लिएको जुनसुकै सकरात्मक योजना तर्फ बैंक तथा वित्तीय संस्था समन्वय गर्न हर समय तप्तर रहन्छ । (कुराकानीमा आधारित) 


पुष्प दुलाल