
काठमाडौं । भक्तपुरको नलिन्चोकमा निर्माण भएको हेलिकप्टरको मात्रै उडान र अवतरण गर्ने विमानस्थल (हेलिपोर्ट) बनाउँदा भ्रष्टाचार गरेकै भन्दै दायर भएको मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छोड्न विशेष अदालतले अस्वीकार गरेको छ ।
अधिकारीलाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश विशेष अदालतले दिएको छ । उनीसँगै भ्रष्टाचारको आरोप लागेका प्राधिकरणका निर्देशक मुरारी भण्डारीलाई भने ५ लाख धरौटीमा छाेड्न आदेश भएको छ ।
विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई धुनामै राख्ने र भण्डारीलाई भने ५ लाख धरौटी लिएर थुनामुक्त गर्न अन्तरिम आदेश दिएको हो ।
भण्डारी स्वंय निर्णयकर्ता नरहेको र टिप्पणी पेश मात्र गरेको भन्दै इजलासले उनीविरुद्ध धरौटी माग गर्ने आदेश दिएको हो ।
उनीसँगै पक्राउ परेका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई भने पुर्पक्षका लागि थुनामा नै पठाउने आदेश गरेको छ ।
अख्तियारले भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचारमा उनीविरुद्ध मुद्दा दायर भएको थियो ।
उक्त मुद्दामा आइतबार विशेष अदालतमा थुनछेक बहसपछि अदालतले आदेश जारी गरेको हो ।
उनीहरू दुवैलाई अख्तियारले गत बुधबार पक्राउ गरेको थियो ।
अधिकारी आइतबार दायर भएको पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको मुद्दाकोसमे प्रतिवादी हुन् । उनीसँग अख्तियारले ८ अर्ब ३६ करोड विगो माग दाबी गर्दै विशेष अदालतमा दोस्रो मुद्दा दायर गरेको छ ।
अधिकारीलाई आइतबार साँझ डिल्लीबजार कारागार चलान गरिएको छ ।







प्रतिक्रिया