स्प्रेड दर ०.५ प्रतिशतले घटाउन र २% ब्याजदरमा कर्जा दिन महासंघको माग



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारसँग स्प्रेड दर ०.५ प्रतिशतले घटाउन माग गरेका छन् ।

शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडालाई ज्ञापन पत्र बुझाउँदै महासंघले बैंकमा कायम रहेको हालको सीसीडी रेसियो खुकुलो गर्नुपर्ने माग गरिएको छ । साथै बैंकमा सबै प्रकारका ब्याजदरहरु ३ प्रतिशत विन्दुले घटाइनुपर्ने समेत माग बगरिएको छ ।

त्यस्तै, उद्योगका लागि ६ महिनासम्म सस्तो महसुलमा विद्युत उपलब्ध गराउनुपर्ने र लकडाउन अवधिभरीको डिमान्ड चार्ज लिन नपाउने व्यवस्था गर्न माग गरिएको छ ।

महासंघले कोरोना भाइरसले पर्यटन, निर्यात, उत्पादनमुलक र कृषि क्षेत्रको लागि कामदार तथा कर्मचारीलाई तलब भत्ता खुवाउनका लागि २ प्रतिशत ऋण प्राप्त गर्ने गरी पुनरकर्जाको व्यवस्था गरिनुपर्ने र उक्त ऋण कम्पनी वा फर्मले किस्ताबन्दीमा एक वर्षभित्र तिर्ने व्यवस्था गर्न माग गरिएको छ ।


क्लिकमान्डु