लक्ष्मी हुन्डाईद्वारा ‘हुन्डाइ कियर’ कार्यक्रम सुरु



काठमाडौं । नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा. ली ले हुन्डाई कियर नामक नयाँ कार्यक्रमको सुरुवात गरेको छ ।

हालको समयमा कोरोना भाइरसले निम्त्याएको संकटलाई मध्यनजर गरी यो कार्यक्रमको सुरुवात गरेको जानकारी गराएको छ । जसले हुन्डाईका ग्राहकहरुलाई यस कठिन समयमा आफ्नो सवारी साधनको मर्मतमा कुनै कठिनाई नहोस र भएमा सहायता प्रदान गर्ने योजना रहेको जनाएको छ ।

कार्यक्रमले वास्तविक वारेन्टी भएका सबै हुन्डाई गाडीको वारेन्टी दुई महिना थप्ने सुनिश्चित गरेको जनाएको छ । यस अफरमा निस्शुल्क सेवा, आधारभूत वाहन वारेन्टी र एएमसी सेवाहरू समावेश गरिनेछ ।

हुन्डाईले आफ्नो ग्राहकहरुको स्वास्थ्यलाई प्राथमिकता दिनुको साथै, आफ्नो कम्पनीको ‘मानवताको प्रगति’को प्रतिज्ञातर्फ दृढ प्रतिबद्धता देखाएको छ । यो कम्पनीले उत्कृष्ट सेवा र अनुभव प्रदान गर्नुका साथै कुनैपनि सम्भावित असुविधा कमगर्न प्रतिबद्ध रहेको जनाएको छ ।


क्लिकमान्डु