कोरोना नियन्त्रणका लागि नेपाल लाइफको १ करोड सहयोग



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले विश्वव्यापीरुपमा फैलिइरहेको कोरोना भाइरसको महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको थियो ।

उक्त कोषमा गरेको सहयोगले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन्न तथा न्यून आम्दानी भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरुका निम्ति केही सहयोग हुने कम्पनीको विश्वास छ ।


पुष्प दुलाल