कोरोना नियन्त्रण गर्न प्रभु बैंकको १ करोड १ लाख सहयोग



काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले स्थापना गरेको कोषमा प्रभु बैंक १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकका सीइओ अशोक शेरचनले बिहीबार प्रधानमन्त्री कार्यालय पुगेर सहयोग गरेको जानकारी दिए ।

कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी अन्तगर्तस संघीय सरकारलाई उक्त रकम प्रदान गरिएको र प्रदेश सरकारलाई फेरि सहयोग गर्ने सीइओ शेरचनले जानकारी दिए ।


पुष्प दुलाल