मन्त्रालयले भन्यो- मृत्यु हुने सबैलाई कोरोना लागेको नभनाैं



काठमाडौं । विज्ञले मृत्यु हुने सबैलाई कोरोना भाइरससँग जोडेर हेर्नु गलत भएको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका स्वास्थ्य विज्ञ तथा सल्लाहकार खेम कार्कीले अहिलेसम्म मृत्यु भएकाहरुलाई जसरी कोरोना भाइरससँग जोडेर हेर्दा सन्देश गलत भएको बताए ।

‘अहिलेसम्म जति पनि मृत्यु भएको छ, त्यसमध्ये ३ जनाको रिपोर्ट आउन बाँकी छ, अरुमा कोरोनाको संक्रमण देखिएको छैन । अहिले गाउँमा मलामी समेत जान नसक्ने अवस्था आएको छ । त्यसैले यसरी कोरोना जोड्नु गलत हो,’ उनले भने ।

उनका अनुसार कोरोनाबाट संक्रमितहरुमध्ये ८० प्रतिशतलाई सामान्य रुखाखोकी देखिने र २० प्रतिशतलाई मात्रै कडा खालको खोकी देखिन्छ । जसमध्ये ५ प्रतिशतलाई मात्रै अस्पताल भर्ना गर्नुपर्ने अवस्था हुन्छ ।

त्यस्तै, स्वास्थ्य मन्त्रालयका सचिव डा विजय देवकोटाले हालसम्म विदेशबाट नेपाल आउने ४१ हजार १४० जनाको ट्रसिङ भइसकेको जानकारी दिए । उनका अनुसार ट्रेसिङ भइसकेपछि केही समस्या आयो भने ट्रेस गर्न सजिलो हुन्छ ।


क्लिकमान्डु