पहाडी, हिमाली क्षेत्रमा वर्षा र हिमपात तथा तराईमा हुस्सुको सम्भावना


काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार तराई भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ।

देशको पहाडी तथा हिमाली भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केहि स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

देशका तराई भागमा हुस्सु र कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएको छ ।