सरकारले भन्यो- चैत महिनाको घर भाडा नलिनू



काठमाडौं । सरकारले घरबेटीहरुलाई चैत महिनाको घरभाडा नलिन आग्रह गरेको छ ।

बैंकबाट ऋण लिनेलाई राष्ट्र बैंकको बम्पर प्याकेज: ऋणको साँवा र ब्याज असार मसान्तमा तिर्दा हुने

आइतबार सरकारले कोभिड १९ का प्रभावितलाई राहत प्याकेज घोषणा गर्दै सहरी क्षेत्रमा रहेका असंगठित क्षेत्रका श्रमिकहरुलाई १ महिनाको घरभाडा मिनाह गर्न घरबेटी अनुरोध गरेको हो ।

चैत मसान्तमा बैंकबाट लिएको ऋणको किस्ता बुझाउनेले १० प्रतिशत छुट पाउने

घरबेटीले यसरी मिनाह गरेको घरभाडाको प्रमाणको आधारमा सरकारले घरवाहल कर नलिने सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

आइतबार बसेको मन्त्रीपरिषद्को निर्णय सुनाउदै मन्त्री खतिवडाले कोरोना भाइरसको कारण बन्द रहेको असंगठित क्षेत्र प्रतिष्ठानका श्रमिकहरुको घरबेटी उनीहरुको घरभाडा मिनाह गर्न आग्रह गरेका हुन् ।

नेपालमा ६० लाखभन्दा बढी मान्छेहरु घर भाडा लिएर बस्छन् ।


पुष्प दुलाल