कोरोनाले हङकङका होटल मालामाल, यस्तो छ कारण



काठमाडौं । कोरोनाका कारण यतिबेला विश्वभर त्रास फैलिएको छ । विश्व अर्थतन्त्रले ठुलो क्षति ब्यहोर्नु परेको छ । यतिसम्म कि विश्वको शक्तिशाली देशका रुपमा चिनिएका देशहरुलाई आफ्नो ताज जोगाउन सकस हुने आँकलन गरिएको छ । यसको अर्थ विश्वको सबै क्षेत्र यतिबेला कोरोनाका कारण तहसनहस बनेको छ ।

तर हङकङका कतिपय होटललाई भने कोरोना एउटा फाइदाको अवसर बनेको छ । हङकङका नागरिक र विदेशीहरु यतिबेला हङकङका होटलमा शरण खोजिरहेका छन् ।

कोरोना फैलिने डरले विश्वका अधिकांश होटलहरु बन्द भइरहेका बेला हङकङमा भने होटलहरुको ठुलो माग रहेको एजेन्सीहरुले जनाएका छन् ।

होटलको माग किन बढ्यो ?

हङकङमा होटलको माग बढनुको मूख्य कारण हो सोसल डिस्ट्यान्सिङ । हङकङ शहरमा ७.४ मिलियन जनसंख्या फ्लयाटमा बस्दै आएका छन् । कोरोना संक्रमणबाट बच्न सोसल डिस्ट्यान्सिङ निकै महत्वपुर्ण मानिन्छ ।

तर उक्त संख्यामा फ्लायटमा बस्नेहरुका फ्लाट ५ सय स्क्वायर फिटभन्दा ठुला छैनन । जसका कारण एकअर्काबीच सोसल डिस्ट्यान्सिङ कायम गर्न निकै मुस्किल छ ।

उक्त सानाकोठा भएको फ्लाटमा सेल्फ क्वारेन्टाइन बनाउन असम्भब भएपछि सेल्फ क्वारेन्टाइनका रुपमा प्रयोग गर्न होटलको अकुपेन्सी बढेको हो ।

होटलबाहेक अन्य क्षेत्रमा भने कोरोनाका कारण निकै क्षति पुगेको छ ।

१२ वर्षदेखि हङकङमा बस्दै आएका र अहिले होटल बुक गरेका एक विदेशी नागरिकले भनेका छन– म मेरो दुइवटा कोठा भएको अपार्टमेन्टमा कसरी जाँउ जहा म मेरी श्रीमती र दुइवटी छोरीहरुसँग बस्दै आएको छु । उक्त अपार्टमेन्टमा गएर बस्यौं भने हामी सबै असुरक्षित हुन्छौ ।

ह्ङकङमा विदेशबाट फर्किएकाहरु अनिवार्य रुपमा १४ दिन क्यारेन्टाइनमा बस्नुपर्ने नियम आउनुभन्दा पहिले देखिनै धेरैले आफै होटलको कोठालाई सेल्फ आइसोलेटेड रुमका रुपमा प्रयोग गर्दै आएका छन् ।

ह्ङकङ सरकारको तथ्याङक अनुसार अनिवार्य क्वारेन्टाइमा बस्नुपर्ने नियम बनेपछि हङकङमा ७७ हजार नागरिक स्वदेश फर्किसकेका छन ।

जनवरीमा कोरोना संक्रमण शुरुहुँदा चार तारे हङकङ आइल्याण्ड होटलको अकुपेन्सी १५ प्रतिशत थियो । अहिले उक्त अकुपेन्सी बढेर ६० प्रतिशत पुगेको छ । ९० प्रतिशत गेस्टहरु सेल्फ क्वारेन्टाइनका लागि आएको उक्त होटलका अधिकारीले जनाएका छन् ।

बुक भएका बाहेक अन्य कोठाहरुभने दुरी कायम गर्नका लागि होटलले खाली नै राखेको समेत होटलले जनाएको छ । दुरी कायम नगर्ने होटलहरुमा अकुपेन्सी ९० प्रतिशतसम्म रहेको समेत जनाइएको छ ।

त्यसैगरी डोर्सेट होटलले केहि स्ट्याण्डर्ड कोठाहरु विद्यार्थीहरुका लागी सेल्फ क्वारेन्टाइनका लागि छुट्याएको जनाएको छ ।

हेटलको अकुपेन्सी बढेपछि क्वारेन्टाइनका लागि होटलमा कोठाहरु पाउन मुस्किल भएको छ । होटलमा कोठा नपाएकै कारण अन्तराष्ट्रिय विमानस्थलमा बस्नुपरेको कतिपय यात्रुहरुले सामाजिक संजालमा गुनासो पोखेका छन् ।


पुष्प दुलाल