कोरोना भाइरसविरुद्ध साझा अभियान सञ्चालन गरिने, कमिटी गठन



 काठमाडौं । कोरोना भाइरसविरुद्ध साझा अभियानका रुपमा सञ्चालन गरिने भएको छ ।

बुधबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले तियसका लागि मोडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, मेडिकल एसोसिएसनका अध्यक्ष लोचन कार्की, नर्सिङ एसोसिएसनका अध्यक्ष मन राई, मन्त्रालयकातर्फबाट गुणराज लोहनी र प्राइभेट मेडिकल कलेजका तर्फबाट अध्यक्ष बसुउद्धिन अन्सारी र प्राइभेट अस्पतालका तर्फबाट अध्यक्ष वसन्त चौधरी रहेको समितिलाई कायम राखि बाँकी समिती भंग गरिएको समेत जानकारी दिए ।

साथै सूचना सम्प्रेषणका लागि समेत चेन अफ कमान्डबाट मात्रै प्रवाह गर्ने निर्णय गरिएको जानकारी दिए । साथै जो जिम्मेवारी तोकिएको बाहेकका व्यक्तिले बोल्न नपाउने समेत निर्णय गरिएको बताए ।

साथै हरेक दिन देशका विभिन्न स्थानबाट दिनको एकपटक विमानमार्फत नमूना परीक्षण गर्न काठमाडाैं ल्याइने समेत उनले जानकारी  दिए । उनका अनुसार पूर्वमा बिराटनगर र पश्चिममा नेपालगञ्जमा संकलन भएका नमूना काठमाडाैं ल्याइनेछ भने काठमाडाैं नजिकका स्थानबाट एम्बुलेन्सबाट ल्याउने व्यवस्था मिलाइएको समेत जानकारी दिए ।

साथै बुधबारदेखि पूर्वमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि नमूना परीक्षण गर्ने व्यवस्था मिलाइएकाे जानकारी दिँदै अन्य स्थानमा पनि बिस्तार गरिने उनले जानकारी दिए । साथै मंगलबार भारतबाट नेपाल प्रवेश गर्ने नेपालीहरू सबै क्वारेन्टाइनमा बसाइने उनले जानकारी दिए ।


क्लिकमान्डु